२०८२ बैशाख १७, बुधबार
नवलपुरको मध्यबिन्दु नगरपालिका ७ चोरमारा नजिकै राजमार्गमा भैरहवाबाट हेटौडा तर्फ जाँदै गरेको ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो।
गएराती १०:३० बजेको समयमा उक्त ट्रकमा आगो लागेको थियो। दमकलको सहयोगमा गए राती ११:५५ मा आगो नियन्त्रणमा आएको थियो। ट्रकको बाहिरी भाग जलेर नष्ट भएपनि मानवीय क्षति भने भएको छैन्। बिलबिजकमा भए अनुसार ४२० बोरा मैदा जलेर नष्ट भएको छ। सोको मूल्य १३ लाख २७ हजार दुईसय रुपैँया बराबर रहेको छ।
ना ६ ख १८७८ नं को मैदा बोकेको ट्रकको बायाँ साईडको पछाडिको टायर अचानक पड्किन गई ट्रकमा आगलागी भएको खुल्न आएपनि घटनाको बारेमा थप अनुसन्धान भैरहेको पौडेलले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे