चितवन काठमाडौं, काभ्रेको पाँचखाल, बारामा गरि ३५ दिनमा छायांकन सकिएको निर्माता रौनक बिक्रम कंडेलले बताए।
फिल्ममा विनय श्रेष्ठ र कामेश्वर चौरासिया मुख्य भूमिका रहेका छन्। अभिनेत्रीमा यसपटक सुपुष्पा भट्टले मुख्य भूमिका निर्वाह गरेकी छन्। ‘फेरि रेशम फिलिली’ का निर्देशक निरोज महर्जन हुन्।
साथमा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको पनि अभिनय छ।
‘दिमाग खराब’ का निर्माता रौनक बिक्रम कंडेलको लगानी रहने फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा छन्।
सिनेमा आर्र्टसको प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका हुन्।
निरोज महर्जन र आकाश बरालको पटकथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ। ९ वर्षअघिको हिट फिल्म ‘रेशम फिलिली’ को सिक्वेलको रुपमा ‘फेरि रेशम फिलिली’ रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे