२०८२ बैशाख ३१, बुधबार
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरकेो दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो ।
आठ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं मुल्य बराबरको सामान जलेर नस्ट भएको छ । १८ गतेबाट जारी महोत्सवमा हिजो ८औं दिन राती आगलागी हुँदा करोडौं मुल्य बढीको सामान जलेर नस्ट भएको हो ।
महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टलमा आगजानी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गएराती ११ वजे स्टलमा आगलागी भएको हो । आगलागी वाट ८ करोड वढिको क्षति भएको अनुमान गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राती नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिको बिबरण आउन र आगो के कसरी आगलागनी भएको अनुसन्धान भैरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे