• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २४, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
३

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
४

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
५

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
६

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
७

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
८

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
९

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
१०

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
११

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

२०८३ श्रावण २८, बिहिबार
१२

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार

कोटीहोममा आज राधिका दासी आउने, देवी प्रतिभाको बिदाई हुने

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार

  • ४२२ पटक पढिएको
  • पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज भागवत मञ्जरी राधिका दासी आउने भएकी छन्।
    उनले शनिबारदेखि कथा वाचन गर्ने कार्यक्रम छ । जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई आज हुनेछ । मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले कोटीहोममा जेठ १७ देखि २६ गतेसम्म राधिका दासीले श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार-प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
    भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छन् । ‘यस्तो ऐतिहासिक कोटीहोम आफ्नो जेनेरेसनले देखेको पहिलो पटक हुनु पर्दछ, यस्तो दिव्य स्थानमा कथा वाचन गर्न म आउँदै छु’, फेसबुक लाइभमा उनले भनिन्, ‘कथा वाचनको साथ साथमा त्यहाँ हुने करोडौँ हवनमा पनि हजुरहरू सदा सर्वदा आएर जोडिनुहोला, म पनि आउँदै छु तपाईँहरू पनि आउनुहोस् कोटीहोममा भेटौंला ।’
    महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले आँटेका हरेक गतिविधिमा पूर्णरूपमा साथ दिँदै आएकी कथा वाचिका देवी प्रतिभा र राधिका दासीको कोटीहोम आगमनले आफूलाई उर्जा मिलेको बताए । देवी प्रतिभालाई बहिनीको रूपमा र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै आएका महाराजले देवी र माताको प्रवचन श्रवण अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।
    कोटीहोममा बिहीबार हिन्दूराष्ट्रको शंखघोष गरिएको थियो । पोखरा-१७ महतगौँडा, सीतापाइलास्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरका गुरु कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा एक सय कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ । शंखघोषसँगै कोटीहोम सफलतापूर्वक सम्पन्न भएको दावी गरिएको छ । साथै कोटीहोम स्थलमा बिहीबार माता गायत्रीको मूर्ति स्थापना गरिएको छ । संकल्पकर्ता विजय कृष्णमूर्तिले गायत्रीको मूर्ति स्थापना गरेका हुन् । प्रचार-प्रसार संयोजक ढकालका अनुसार बिहीबार मात्रै दुई लाख भक्तजन कोटीहोममा सहभागी भए ।
    कोटीहोममा हालसम्म १४ लाख भक्तजन सहभागी भएका छन् । कोटीहोममा भक्तजनको सहभागिता दिनप्रतिदिन बढ्दै गइरहेको छ । कोटीहोमका भक्तजन लिएर हिजो साँझ विभिन्न जिल्लाबाट दुई सय भन्दा बढी गाडी पोखरा भित्रिएका छन् । जसले आज भक्तजन अझै बढ्ने अपेक्षा गरिएको छ । संयोजक ढकालका अनुसार गतवर्ष काठमाडौँ आयोजित पशुपति कोटीहोममा भन्दा यसवर्षको गण्डकी कोटीहोममा धेरै भक्तजन सहभागी भएका छन् ।
    कोटीहोममा आयोजित रक्तदानमा बिहीबारमा ८५ युनिटसहित हालसम्म छ सय युनिट भन्दा बढी रगत संकलन भएको बताइन्छ । साथै राष्ट्रिय भजन प्रतियोगिता पनि जारी छ ।
    देशविदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । साथै अनुराधा पाण्डेद्वारा श्यामद् भागवत कथा प्रवचन, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायतले कोटीहोममा कथा वाचन गरिसकेका छन् ।
    थापाका अनुसार कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।
    साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर-परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको उनले बताए ।
    पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।
  • श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

  • सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक

  • देशका अधिकांश स्थानमा मेघगर्जन सहित बर्षा हुने

  • समाचार
  • १

    आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
    २०८३ भाद्र २४, बुधबार

  • २

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र २४, बुधबार

  • ३

    सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक
    २०८३ भाद्र २३, मंगलबार

  • ४

    देशका अधिकांश स्थानमा मेघगर्जन सहित बर्षा हुने
    २०८३ भाद्र २३, मंगलबार

  • ५

    प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
    २०८३ भाद्र १९, शुक्रबार

  • ६

    बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा
    २०८३ भाद्र १९, शुक्रबार

  • ७

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • ८

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • ९

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    २०८३ भाद्र १८, बिहिबार

  • १०

    बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
    २०८३ भाद्र १८, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution