२०८२ जेष्ठ २२, बिहिबार
मन्त्रालयले प्रत्येक आवको त्रैमासिक कार्य मूल्याङ्कनका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध (सेवा प्रवाह र सुशासन), लागू औषध र नियन्त्रण, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण लगायतका विषयलाई आधार मानेर जिल्ला प्रशासनका विभिन्न सूचकहरूमा मूल्याङ्कन गर्ने गर्छ ।
गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादनको तालिका अनुसार कूल १८ दशमलव ५ पूर्णाङ्क मध्ये स्याङ्जाले १८ दशमलव १ सय २५ अङ्क प्राप्त गरेको छ । आर्थिक वर्ष २०८१-०८२ का लागि गृह सचिव र प्रमुख जिल्ला अधिकारी बिच भएको कार्यसम्पादन सम्झौता अनुसार स्याङ्जाले तेस्रो त्रैमासिकमा पहिलो स्थान हासिल गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रजिअ तथा सूचना अधिकारी दीपक पौडेलले बताउनुभयो ।
चालु आर्थिक वर्षको पहिलो र दोस्रोमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल रहनुभएको थियो । उहाँले गर्दा बच्चाको जन्म दर्ता, नागरिकता पाउन कठिन भएका समस्याहरू हल गर्न सफल हुनुभएको थियो ।
उहाँको सरुवापछि प्रमुख जिल्ला अधिकारीको रूपमा हाल ईश्वरीप्रसाद अर्याल रहनुभएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे