• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १८, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
६

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
७

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
८

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
९

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
१०

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
११

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार
१२

कतैबाट धम्की आएमा युवा संघलाई खबर गर्नू- केपी ओली

२०८२ कार्तिक २३, आईतबार

दूधपोखरीकुण्डमा जल सतह घट्दै गएकामा स्थानीयको चिन्ता

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ अषाढ ८, आईतबार

  • १९२ पटक पढिएको
  • गण्डकी। लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा जल सतह घट्दै गएपछि स्थानीय चिन्तित भएका छन् । विगतमा भरिभराउ रहने दूधपोखरीकुण्ड पछिल्लो समय जल सतह घट्दै गएपछि यहाँको सौन्दर्यमा चुनौती थपिएको सरोकार भएकाहरूले बताएका हुन् ।

    पथप्रदर्शक गङ्गा घलेले जल सतह घट्दै जाँदा यहाँको सौन्दर्यमा चुनौती बढाएको भन्दै यहाँको धार्मिक पर्यटनमा यसले नकारात्मक असर पार्ने देखिएको बताए । पर्यटकीय गन्तव्य दूधपोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वासका कारण टाढा टाढाबाट दर्शनार्थी पुग्ने गरेका उनको भनाइ छ ।

    समुद्री सतहबाट चार हजार ६०० मिटर उचाइमा रहेको यो तीर्थस्थललाई देवादिदेव महादेवको बासस्थानका रूपमा लिने गरिन्छ । प्रत्येक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने यो कुण्डको जल सतह पछिल्ला वर्षमा घट्दै गएको घलेले जानकारी दिए। “जनैपूर्णिमाको दिन कुण्डमा गरिने स्नानको विशेष महत्त्व छ, उक्त दिन यहाँ पितृलाई दिइने तर्पणले पितृमोक्ष हुने विश्वास छ”, उनले भने ।

    विसं २०४४ देखि हालसम्म २३औँ पटकसम्म दूधपोखरीकुण्डमा पुगेको अनुभव सुनाउँदै घलेले हालको अवस्था हेर्दा करिब ५० प्रतिशतको हाराहारीमा जल सतह घटेको बताए । “सुरुमा यहाँ पुग्दा देखेको जल सतह अहिले ५० प्रतिशतले घटेको छ”, उनले भने, “कुण्डको उत्तरतर्फबाट हिउँ पहिरोका कारण कुण्ड पुरिने जोखिम छ भने बर्सेनि तापमान वृद्धिको असर कुण्डमा परिरहेको देखिन्छ ।” तापमान वृद्धिका कारण कुण्ड वरपरका हिमालमा हिउँ पर्ने क्रम घट्दै जानु, कुण्डको पिँधबाट पानी बगिरहनेलगायत कारणले जल सतह घट्दै गएको पथप्रदर्शक घलेले बताए ।

    लमजुङ गोरखा, तनहुँ, कास्की, चितवन, काठमाडौँलगायत देशका विभिन्न स्थानबाट यस कुण्डमा स्नान गर्न धार्मिक भक्तजन आउँछन् । कास्कीको सिक्लेस, ताङतिङ, लमजुङको घलेगाउँ, घनपोखरालगायत स्थानबाट तीन दिनसम्म पदयात्राका माध्यमबाट यस कुण्डमा दर्शनार्थी पुग्ने गरेका पथप्रदर्शक घलेले उल्लेख गरे । यस कुण्डमा स्नान गर्ने व्यक्तिलाई भारतको काशी जान नपर्ने जनविश्वासले रहिआएको उनको भनाइ छ ।

    मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थललाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ गुरुङ सम्पदा पदमार्गमा समेट्दै प्रवर्द्धन र विकासका काम अघि बढाइएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्गका संयोजक बोबरजङग गुरुङले बताए ।

    उच्च हिमाली क्षेत्रका साथै मानव बस्तीबाट टाढा रहेको यस तीर्थस्थल पुग्ने प्राचीन भेँडीगोठ, नून बोक्न जाने प्राचीन मार्गलाई सम्पदा पदमार्गका रूपमा अघि बढाउँदै पदयात्रा पर्यटन प्रवर्द्धनमा जोड दिइएको उनले उल्लेख गरे ।

    सङ्घको आयोजनामा पहिलो चरणमा कास्कीको ताङतिङबाट दूधपोखरी हुँदै मनाङको तिमाङसम्म अन्वेषणात्मक पदयात्रा गरिएको थियो । त्यस्तै दोस्रो चरणमा कास्कीको सिक्लेस हुँदै कफुचे हिमताल, कोरी, क्होलासोँथर, कपुँडाँडा हुँदै याङ्जाकोटसम्म खोज तथा प्रवर्द्धनात्मक पदयात्रा गरिएको थियो ।

    तेस्रो चरणअन्तर्गत हालै लमजुङको सिङ्दी, पसगाउँ, भुजुङ, घनपोखराबाट दूधपोखरी हुँदै सिउरुङसम्मको खोज तथा प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिसकिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिए । उनका अनुसार सन् २०२६ देखि यस गुरुङ सम्पदा पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

    धार्मिक एवं पर्यटकीय महत्त्व रहेको दूधपोखरीकुण्डको जल सतह घट्दै गएकामा सम्बद्ध निकायले समयमा समस्या पहिचान गरी समाधान खोज्नुपर्ने जरुरी रहेको पथप्रदर्शक विकास गुरुङले बताए ।रासस

    “दूधपोखरीकुण्डको महत्त्वलाई जीवन्त राख्न, यसको संरक्षण र प्रवर्द्धन गर्नु जरुरी छ”, उनले भने, “यस तीर्थस्थलको धार्मिक पर्यटकीय महत्त्वलाई प्रचारप्रसार गर्दै कुण्डको संरक्षणसहित यहाँ पुग्ने पदमार्गको अत्यावश्यकीय पूर्वाधार विकास गर्नु जरुरी छ ।”

  • पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्ड
  • मर्स्याङ्दी गाउँपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु

  • नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर

  • स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर

  • नेवार समुदाय आज यःमरी पुन्ही मनाउँदै

  • समाचार
  • १

    सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु
    २०८२ मंसिर १८, बिहिबार

  • २

    नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर
    २०८२ मंसिर १८, बिहिबार

  • ३

    स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर
    २०८२ मंसिर १८, बिहिबार

  • ४

    नेवार समुदाय आज यःमरी पुन्ही मनाउँदै
    २०८२ मंसिर १८, बिहिबार

  • ५

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १८, बिहिबार

  • ६

    बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ
    २०८२ मंसिर १७, बुधबार

  • ७

    जेनजी आन्दोलन : योगेन्द्रको सरकारी अधिकृत बन्ने सपना अधुरै रह्यो
    २०८२ मंसिर १७, बुधबार

  • ८

    देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा
    २०८२ मंसिर १७, बुधबार

  • ९

    इन्डिगो एयरलाइन्सलाई ११७ करोड जरिवाना
    २०८२ मंसिर १७, बुधबार

  • १०

    सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    २०८२ मंसिर १७, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution