२०८२ अषाढ २९, आईतबार
विद्यालयका ५ जना विद्यार्थीहरु प्रकृति सापकोटा सम्बन्ध पौडेल आदर्श सापकोटा महासय भण्डारी र निरज खड्काले ४.०० जीपीए ल्याउन सफल भएका छन्। यस्तै, ३.९० देखि ४.०० जीपीए ल्याउने विद्यार्थी ३० जना छन्। ३.६१ देखि ३.८० जीपीए ल्याउने ११९ जना, ३.२१ देखि ३.६० ल्याउने ४३ जना र २.८१ देखि ३.२० जीपीए ल्याउने ५ जना रहेका छन्।
विद्यालयका प्राचार्य फादर मञ्जुसका अनुसार, यो नतिजा विद्यालयको इतिहासमै सबैभन्दा उत्कृष्ट हो। उनले विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको मार्गदर्शन र अभिभावकहरूको विश्वासले यस्तो सफल परिणाम सम्भव भएको बताए।
चितवन जिल्लाका संस्थागत विद्यालयहरूमध्ये लिटिल फ्लावर स्कुलले सबैभन्दा धेरै विद्यार्थीलाई उच्च जीपीए दिलाएर जिल्लामै प्रथम स्थानमा रहन सफल भएको स्कुल प्रशासनले जनाएको छ।गुणस्तरीय शिक्षा र अनुशासनमा विश्वास राख्दै आएको लिटिल फ्लावर स्कुलले आगामी दिनहरूमा झनै उत्कृष्ट सफलता हासिल गर्ने विश्वास लिइएको विद्यालयका प्राचार्य फादर मञ्जुसले जानकारी दिनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे