• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २७, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
६

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
७

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
८

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
९

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
१०

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
११

घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ- महेश बस्नेत

२०८२ भाद्र ३०, सोमबार
१२

पुर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्दै

२०८२ भाद्र २९, आईतबार

१५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : नैनसिंह महर

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ अषाढ १६, सोमबार

  • १४७ पटक पढिएको
  • काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५ औं महाधिवेशनको मिति तत्काल तोकेर तल्लो तहसम्मका कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वसँग माग गर्नुभएको छ।

    आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै १५ औं महाधिवेशनमा महामन्त्री पदको औपचारिक उम्मेदवारी धोषणाको तयारी गरिरहेका महरले महाधिवेशनको अनिश्चितताले पार्टी पंक्तिमा अन्योल बढाएको र सांगठनिक गतिशीलतामा असर पारेको बताउनुभयो।

    उहाँले भन्नुभयो, “महाधिवेशनबारे अनेक भ्रम छरिएका छन्। यसले पार्टी पंक्तिमा अन्योल बढाएको छ। विधान अनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन १५ औं महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन।”

    बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण, सरकारको कामकारबाही, गठबन्धनको भविष्य र पार्टीको आगामी रणनीतिका विषयमा महरले विस्तृत र बुँदागत रूपमा आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो।

    पार्टी संगठन र आन्तरिक व्यवस्थापनमा जोड

    नेता महरले पार्टी संगठनलाई सुदृढ गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभयो। उहाँले क्रियाशील सदस्यता वितरण र नविकरणलाई व्यवस्थित गर्दै अनलाइन प्रणालीमा लैजान सुझाव दिनुभयो। लामो समयदेखि हुन नसकेको भातृ संस्थाहरूको महाधिवेशन तुरुन्तै सम्पन्न गर्नुपर्ने, विभागहरूलाई पूर्णता दिनुपर्ने र पार्टीको क्यालेण्डर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उहाँले पार्टीका निर्णयहरू संस्थागत हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “संयन्त्रलाई संविधानले चिन्दैन, पदाधिकारी बैठकको निर्णयलाई पार्टी विधानले चिन्दैन। सबै निर्णय केन्द्रीय समितिबाट हुनुपर्छ वा पदाधिकारी बैठक विधानतः व्यवस्था गरिनुपर्छ ।”

    सरकारको कामकारबाही र गठबन्धनप्रति असन्तुष्टि

    महरले तीनै तहका सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको र हालै प्रस्तुत बजेटबारे जनताको प्रतिक्रिया राम्रो नआएकाले गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो। सरकार निर्माणताका भएको सात बुँदे सहमतिको कार्यान्वयन र त्यसले कांग्रेसको चरित्रमा पार्ने प्रभावबारे प्रश्न उठाउँदै महरले भन्नुभयो, “सबैभन्दा ठूलो दल भएर पनि सरकारमा कांग्रेसको भूमिका खुम्च्याइएको छ र नेतृत्वकर्ताबाटै अवमूल्यन भएको छ।”

    उहाँले बढ्दो बाम धुर्वीकरण र  “गठबन्धन दुर्घटना”को जवाफदेहिता नेतृत्वले लिनुपर्ने र शक्ति सन्तुलनका लागि संवैधानिक नियुक्तिहरूमा पार्टीको स्पष्ट अडान हुनुपर्नेमा जोड दिनुभयो।

    नीति, योजना र सुशासनमा स्पष्टताको माग

    नेता महरले शासन राम्रो हुन दल र नेता-कार्यकर्ता इमान्दार हुनुपर्ने बताउँदै पार्टीभित्र स्वार्थको द्वन्द्व (Conflict of Interest) सम्बन्धी नीति बनाउन माग गर्नुभयो। उहाँले भन्नुभयो, “हामी योजना प्रणालीमा विश्वास गर्दैनौं, योजना झोला र सल्तीमा बोकेर हिँड्छौं। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ।”

    १४ औं महाधिवेशनका एजेण्डा र महासमिति बैठकका प्रतिवेदनहरू सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, उपनिर्वाचनको समीक्षा गर्नुपर्ने र पार्टीको घोषणापत्र कार्यान्वयनको अडिट गर्नुपर्ने जस्ता विषयहरू पनि उहाँले बैठकमा उठाउनुभयो।

    नेपाल वित्तीय ‘ग्रे जोन’मा परेकाप्रति गम्भीर बन्न आग्रह

    केन्द्रीय सदस्य महरले नेपाल सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी  निवारणसम्बन्धी मामिलामा अन्तर्राष्ट्रिय ‘ग्रे जोन’  मा पर्ने गम्भीर खतरा रहेको भन्दै पार्टी र सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो।

    उहाँले यसले देशको समग्र अर्थतन्त्र, बैंकिङ प्रणाली, विदेशी लगानी र अन्तर्राष्ट्रिय प्रतिष्ठामा विनाशकारी असर पार्ने चेतावनी दिनुभयो। महरले भन्नुभयो, “नेपाल वित्तीय ‘ग्रे जोन’मा परेको छ। आवश्यक कानुन निर्माण र कार्यान्वयनमा सरकार सुस्त देखिएको छ। नेपाली कांग्रेस सत्ताको प्रमुख हिस्सेदार भएको नाताले यो राष्ट्रिय संकट टार्नका लागि नेतृत्व लिनुपर्छ।”

    उहाँले यो अस्पष्टता र जोखिमलाई हटाउन कांग्रेसले अविलम्ब प्रतिबद्धता जनाउँदै सरकारलाई ठोस कदम चाल्न दबाब दिनुपर्ने र आवश्यक परेमा यसको अध्ययन गरी पार्टीको आधिकारिक धारणा बनाउन एक विशेष समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो।

    शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन जस्ता विषयमा पार्टीले स्पष्ट नीति बनाउनुपर्ने, कुटनीतिक मर्यादा र आचारसंहिता पालना गर्नुपर्ने र विदेशबाट फर्किएका (रिटर्नी) हरूको व्यवस्थापनमा ध्यान दिनुपर्ने जस्ता विषयमा उहाँले नेतृत्वको ध्यानाकर्षण गराउनुभयो।

    समग्रमा, केन्द्रीय सदस्य महरले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरण, सरकारको कामकारबाहीको गम्भीर समीक्षा, आगामी महाधिवेशनको स्पष्ट मार्गचित्र र पार्टीका सबै तहमा जवाफदेहिता स्थापित गर्नुपर्ने ,घोषणा पत्रको अडिटको विषयलाई समेत सशक्त रूपमा प्रस्तुत गर्नुभएको थियो। शिक्षा विभाग प्रमुख समेत रहेका नेता महरले विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघ – सरकारबीचको वार्ताका बिषयमा समेत पार्टीको ध्यानाकर्षण गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आजको मौसम: पहाडी भू-भागमा आंशिक बदली हुने

  • युएईमाथि नेपालको रोमाञ्चक एक रनको जित

  • सिके राउतको जनमत पार्टी औपचारिक रुपमा फुट्यो

  • नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य

  • समाचार
  • १

    आजको मौसम: पहाडी भू-भागमा आंशिक बदली हुने
    २०८२ आश्विन २७, सोमबार

  • २

    युएईमाथि नेपालको रोमाञ्चक एक रनको जित
    २०८२ आश्विन २६, आईतबार

  • ३

    सिके राउतको जनमत पार्टी औपचारिक रुपमा फुट्यो
    २०८२ आश्विन २६, आईतबार

  • ४

    नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य
    २०८२ आश्विन २६, आईतबार

  • ५

    रातिमा मदिरा खाएर बाहिरका व्यक्तिहरु बस्तीमा पस्न थालेपछि राउटे समुदायले मागे सुरक्षा
    २०८२ आश्विन २६, आईतबार

  • ६

    विज्ञापन प्रकाशनमा अनियमितता गरेको आरोपमा नगरपालिका कर्मचारी र एजेन्सीविरुद्ध मुद्धा दायर
    २०८२ आश्विन २६, आईतबार

  • ७

    सुपर सिक्समा आज एसोसियटको क्लासिको, नेपाल र युएइ आमने सामने
    २०८२ आश्विन २६, आईतबार

  • ८

    यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
    २०८२ आश्विन २६, आईतबार

  • ९

    माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
    २०८२ आश्विन २५, शनिबार

  • १०

    जेनजीलाई समेटदै सरकार विस्तार गर्दै प्रधानमन्त्री कार्की
    २०८२ आश्विन २५, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution