२०८२ अषाढ २९, आईतबार
नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरे लगत्तै उहाँले यस्तो निर्णय लिनुभएको हो ।
पूर्व राष्ट्रपति भण्डारीले सरकारले पूर्व राष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुधवार दर्ता भएको छ ।
भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने चाहेर पनि त्याग्न नमिल्ने र सेना तथा प्रहरीले प्रदान गर्ने भएसँगै सुरक्षाकर्मी बाहेकका सेवा सुविधा उहाँले फिर्ता गर्नुभएको हो ।
भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहको स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।
पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे