२०८२ अषाढ २९, आईतबार
प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराउनुभएको हो । उहाँले आफू रियल मेड्रिडको फ्यान रहेको उल्लेख गर्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय निर्देशक मिगेलले क्लबको जर्सी उपहार दिनुभएको थियो । निर्देशक मिगेलले क्लबको तालिम र भर्नामा सहभागी हुन नेपाली विद्यार्थीलाई प्रोत्साहन गर्र्नुभयो ।
स्पेनको सेभियामा संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्त सम्मेलनका कार्यक्रम सकिएपछि हाल मेड्रिडमा रहनुभएका प्रधानमन्त्री ओली मेड्रिडमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको हो । रङ्गशाला अवलोकनका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायत सहभागी हुनुहुन्थ्यो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे