पोखराबाट काठमाडौँ जाँदै गरेको बा४ख ८४१३ नं को माइक्रो बस चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा तनहुँको शुक्लगण्डकी नगरपालिका–५ बस्ने वर्ष ३० को रामु थापा, पोखरा महानगरपालिका–६ बस्ने वर्ष ४० को रुद्रबहादुर पहाडी घाइते हुनु भएको छ ।
त्यसै गरी सहचालक धादिङ जिल्लाको गङ्गा जमुना गाउँपालिका–२ बस्ने वर्ष २० को कृष्णबहादुर तामाङ र सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–३ बस्ने वर्ष ५४ को रुद्रप्रसाद कटेल घाइते भएको प्रनाउ थापाले जानकारी दिनुभयो । घाइतेको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको र चालक नियन्त्रणमा रहेको तनहुँ प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे