पार्टीको प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पूर्व राष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भएपनि लोकतन्त्र कमजोर हुने उनको नाइ छ ।
‘विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ । उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो,’ हिजो सकिएको केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्दै पोखरेलले भने, ‘तर यस्तो प्रवृतिले लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्दछ ।’
एमालेको सदस्यता नविकरण नहुँदा उहाँ घरमा बस्नुहुन्छ भन्ने पार्टीको अपेक्षा नरहेको उनको भनाइ छ । उनी अभिभावक भएकोले समसामयिक राजनीतिक विषयमा चासो र चिन्ता राख्नुलाई अस्वभाविक नभएको पोखरेलको भनाइ छ ।
पत्रकारहरुको प्रश्नको जवाफमा महासचिव पोखरेलले योग्यता पुगेका कुनै पनि प्रतिनिधि पार्टी अध्यक्षका रुपमा उम्मेद्वार हुन पाउने बताए । ‘योग्यता पुगेका महाधिवेशन प्रतिनिधि अध्यक्षको उम्मेदवार हुन पाउँछन्, हामीले कसैलाई छेकेका छैनौ,’ महासचिव पोखरेलले भने, ‘तर केन्द्रीय कमिटीको एक मतले मिसन ०८४ को नेतृत्व केपी ओलीले नै गर्नु पर्दछ भनेको छ ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे