कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फोर्स गाडी दुल्लू नगरपालिका–१, तल्लो डुङ्गेश्वर डुंगेल मन्दिर नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
गाडीमा १९ जना सवार थिए। तीमध्ये १२ जना घाइते भएको र ५ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बरालले जानकारी दिनुभयो।
स्थानीयका अनुसार उकालोमा यात्रु चढाउने क्रममा गाडी ब्याक भई सडकबाट करिब १५ मिटर तल खोंचमा खसेको हो।
दुर्घटनापछि गाडी चालक फरार भएका छन् भने सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरूको नामावली आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे