शुक्रबार साँझ ७ बजेदेखि पोखराबाट बालक सिद्धार्थ कुमार माली हराएको पारिवारिक श्रोतले जानकारी दिएको छ।
उनी हालसम्म घर फर्किएका छैनन् । पारिवारिक स्रोतका अनुसार, सिद्धार्थलाई नेपाली बोल्न आउँदैन र उनी केवल हिन्दी भाषा बोल्छन् । परिवारले उनको खोजीका लागि प्रहरीमा उजुरी गरिसकेको भए पनि हालसम्म उनको अवस्था अज्ञात छ ।
परिवारले सर्वसाधारणमा सिद्धार्थको खोजीका लागि सहयोगको अपिल गरेको छ । यदि कसैले सिद्धार्थलाई कतै, चाहे बाटोमा, घरमा, होटलमा वा अन्य कुनै स्थानमा देखेको भए, तुरुन्त निम्न सम्पर्क नम्बरहरूमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ:
+977-9821198911 +977-986969749 +91-9910246082 यो सूचनालाई सक्दो धेरै व्यक्तिहरूसम्म पुर्याउनका लागि सामाजिक सञ्जाल (फेसबुक) मा सेयर गरिदिनुहुन सबैमा विनम्र अनुरोध छ ।
तपाईंको सानो सहयोगले एक परिवारलाई ठूलो राहत मिल्न सक्छ। यो समाचार सामाजिक सञ्जाल (फेसबुक) मा सेयर गरिदिनुहुन सबैमा विनम्र अनुरोध छ । तपाईंको सानो सहयोगले एक परिवारलाई ठूलो राहत मिल्न सक्छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे