चितवनको भरतपुर महानगरपालिका वडा नं. २३ केरुङ्गा खोलामा माछा मार्न गएका सोही वडाको खड्कौली बस्ने बर्ष ५० को भिम बहादुर दराई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
शुक्रबार साँझ करिब ६ बजेको समयमा खड्कौली बस्ने गोरख बहादुर दराईसँग माछा मार्न गएका उनी केरुङ्गा खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका थिए।
बेपत्ता भएपछि गोरखबहादुरले इलाका प्रहरी कार्यालय गितानगरमा जानकारी गराएपछि प्रहरी तथा स्थानीयले खोजतलास गरिरहेका छन्। हालसम्म उनी फेला नपरेको प्रहरीले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे