आइतबार १६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्दै मेयर भट्टराईले अनशन तोडेका हुन्।
‘विश्व जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरौँ, वन वातावरण र पर्यावरणयुक्त सामग्री प्रयोग गरौँ’ भन्ने माग राखेर आन्दोलन गर्न उनी काठमाडौं आएका थिए।
काठमाडौँ आएर उनले माइतीघरमा अनशन थालेका थिए।
उनको वार्ता टोलीले सरकारी पक्षसँग छलफल गरी १६ बुँदे समक्षदारी पत्रमा हस्ताक्षर समेत भएको हो।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको उपस्थितिमा अनशन अन्त्य भएको थियो।
बाँसको प्रवर्द्धन गर्न शहरी विकास मन्त्रालयबाट बाँस भवन संहिता र नर्म्सलाई अन्तिम रूप दिएर ४५ दिनभित्र स्वीकृत गरेन, वन तथा वातावरण मन्त्रालयले प्रवर्द्धनका लागि अन्य दुई तहका सरकारलाई अनुरोध गर्ने, खोटाङलाई बाँसको राजधानीको रूपमा विकास गर्ने लगायतका समक्षदारी भएका छन्।
यसरी १६ वटा बुँदामा दुई पक्षले समझदारी जुटाएका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे