प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस-एमालेको गठबन्धन बन्दा गरेका प्रतिबद्धतामा काम नभएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले संबिधान संशोधनको काम अहिलेसम्म शुरु नभएको भन्दै असन्तुष्टि जनाएका छन् । महामन्त्री थापाले सरकारको ध्यानाकर्षण गराउदै संबिधान संशोधनको तयारीका लागि काम गर्न आग्रह गरेका छन् ।
उनले सरकारले काम गर्न ढंग नपुर्याएको आरोप लगाए । उनले सरकारको काम गर्ने गति नमिलेको, फोकस नभएको आरोप लगाउदै सहकारी प्रकरणलाई गलत तरिकाले अगाडी बढाइएको बताए । उनले अहिलेसम्म सहकारी पिडितले आफ्नो पैसा फिर्ता नपाएको बताए ।
उनले भने- ‘सरकार बन्दाको उत्साह अहिले मरेको जस्तो भएको छ, हामिसँग समय धेरै छैन । यसलाई सुधारेर जानु पर्छ । सरकारको गति मिलेको छन् । यसलाई मिलाउनु पर्छ र जनताको उत्साह जगाउनुपर्छ ।’
महामन्त्री थापाले सरकारको आलोचना गर्दै ड्राइभिङ सिटमा बसेको मान्छेले राम्रोसँग गाडी नचलाएको आरोप लगाउदै सरकारको गति नमिलेको बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे