हाल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी प्रदेश, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानहरू तथा लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टा गण्डकी प्रदेशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे