यस मन्दिरको स्थापना १७०३ सालमा आज भन्दा करिब ३ सय ७९ वर्ष अघि स्थापना गरिएको थियो । पुरानो र ऐतिहासिक, धार्मिक सम्पदाको रूपमा रहेको यो मन्दिरको प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ ।
मन्दिरको आफ्नै महत्त्व र इतिहास रहे पनि विगतका स्थानीय सरकार र सम्बन्धित निकायले चासो नदिँदा ओझेलमा परेको भन्दै यस मन्दिरको ऐतिहासिकता जोगाई राख्न पहल थालिएको छ ।
तपस्या र साधनाका प्रेरक मानिने माण्डव्य ऋषिको धार्मिक शास्त्रमा व्याख्या गरे अनुरूप महत्त्व र महिमा ठुलो भए पनि प्रचार–प्रसारको कमीले ओझेलमा परेको थियो ।
मन्दिर स्थापना भएको केही वर्षसम्म रथ निकाल्ने परम्परा रहे पनि लामो समय यता निकालिएको थिएन ।
सन्त माण्डव्य ऋषिलाई चोरको आरोप लगाएर पाता फर्काइ कुटेर छाडिदिए पछि उनको माडी फाँटको पूर्व दक्षिणमा अवस्थित सरापकोट भन्ने ठाउँमा गई माडी फाँटको अन्न खाने मान्छेको बुद्धि पछिबाट मात्र आओस् भनी श्राप दिएका हुँदा अहिले पनि अन्न प्राशन भात खुवाई गर्दा माडी फाँटको अन्न प्रयोग गरिँदैन भन्ने मान्यता रही आएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे