२०८२ आश्विन २३, बिहिबार
आज भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो सरकार कुनै संविधान अन्तर्गत नबनेको र यसको ध्यान आफुहरुलाई पक्राउ गर्न लागि परेको बताउनुभएको हो ।
‘मैले अस्ति पनि भनेँ, यो जसरी बन्यो मैले संक्षेपमा भनेको छु सरकार हा हुँबाट बनेको सरकार हो, त्यसको अलि व्याख्या गरेको छैन। समयमा पछि गरुँला। ‘यो सरकार कसैको प्रतिनिधि होइन। नेपालीको चाहिँ होइन। अरु कसैको भए मलाई थाहा छैन। कसैले छानेको सरकार होइन यो। उहाँहरु एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ।’ ओलीले भन्नु भयो ।
उहाँले प्रधानमन्त्री शुसीला कार्की नेपालको संविधानको व्याख्या गरेर आएको मान्छे भएको भन्दै ओलीले भन्नुभयो ”उहाँले व्याख्या गर्नुभयो त्यो छोडौं तर नेपालको संविधानले स्पष्ट रुपमा भन्छ। प्रधानन्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभका पदमा बस्न नमिल्ने ओलीको भनाइ छ ।
अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो- संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो । ओलीले भन्नु भयो । विघटित संसद पुनस्थपना गर्ने बाहेक अर्को बाटोमा आफुहरु अघि नबढने बताउँदै अन्य दलहरुलाई पनि यहि बाटोमा आउन आग्रह गर्नु पर्यो ।
संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेन-जी बनेर सडकमा उत्रिएको भन्दै वर्तमान सरकार एउटा खास उद्देश्यले काम गरिरहेको आरोप उहाँले लगाउनु भयो । पासपोट रोक्ने रे ! मलाई काठमाडौं छोड्न नपाउने रे, यो सडक तमासा नभए के हो ?’ ओलीको प्रश्न थियो ।
सुशीला कार्कीको डरले केपी ओली नभाग्ने बताउनु हुँदै उहाँले अहिलेका गृहमन्त्रीलाई धेरै नचम्किन आग्रह गर्दै गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्रै सुनेको बताउनु भयो ।
उहाँले आफ्नो सम्पत्ति एक पटक होइन १० पटक छानविन गर्न आग्रह गर्नु भयो ।
‘सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दश पटक गर्नुस् । मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ ?’ प्रश्न गर्दै ओलीले गजबको नाटक गरिएको बताउनु भयो ।
ओलीले आयोगमा पूर्वाग्राही मान्छेहरु छानविन आयोगमा राखिएको भन्दै त्यस्ता प्रतिनिधिले रहेको आयोगले तयार गरेको प्रतिवेदन एमालेलाई मान्य नहुँने स्पष्ट पार्नु भयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे