२०८२ आश्विन २३, बिहिबार
‘हुलाकको आवश्यकता र सार्थकता घटेको छैन’, मन्त्री खरेलले भने, ‘हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्छ ।’ सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले यसबाट मात्रै हुलाक सेवाको विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताए ।
‘स्थानीय तह र समुदाय, परिवार र व्यक्तिको तहसम्म हुलाक सेवा पुर्याउनुपर्छ । विश्वको जुनसुकै देशमा रहेका नेपालीका बीचमा हुलाक सेवाको पहुँच हुनुपर्छ’, मन्त्री खरेलले भने । उनले हुलाक सेवालाई सुदृढ बनाउन मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गरे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको विकास र सरकारका केही नीतिका कारण हुलाक सेवा केही ओझेलमा परे पनि यसको महत्त्व नघटेको बताइन् । उनले भनिन्, ‘सूचना प्रविधिको प्रयोगमामार्फत ‘स्मार्ट हुलाक’ बनाउनेतर्फ लाग्नुपर्छ ।’
विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक सेवालाई ‘स्मार्ट’ बनाएर नागरिकको घरदैलोमा पुग्ने सपना पूरा गर्न स्रोतसाधनको उचित प्रबन्ध गरिदिन सरकारसँग आग्रह गरिन् ।
सो अवसरमा मन्त्री खरेलले नेपाली क्रिकेट टोली (महिला र क्वालिफाइड यु–२०), महोत्तरीको महिटहानीस्थित लक्ष्मीनारायण मन्दिर, मुस्ताङको लोमान्थाङस्थित सिजा झोङ गुफा र शिक्षाविद् डा. हर्कबहादुर बुढामगरको तस्बिर अङ्कित टिकटमा टाँचा लगाएका छन् ।रासस
कार्यक्रममा ‘फिलाटेलिक’, उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको थियो । दिवसका अवसरमा विभाग परिसरमा विभिन्न हुलाक टिकट प्रदर्शन गरिएको थियो । ‘नागरिकका लागि हुलाक, स्थानीय सेवा र विश्वव्यापी पहुँच’ भन्ने नाराका विश्वव्यापी रूपमा आज विश्व हुलाक दिवस मनाइँदैछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे