२०८२ कार्तिक ८, शनिबार
लियोनेल मेसीसहितको अर्जेन्टिनी तिओम अर्को महिना भारतको केरला भ्रमण गर्ने तालिका रहेको थियो । नोभेम्बर १७ मा कोच्चिको जवाहरलाल नेहरू स्टेडियममा हुने खेल स्थगित भएको हो ।
यो जानकारी मैत्रीपूर्ण खेलको प्रायोजक रिपोर्टर ब्रोडकास्टिङ कम्पनीका प्रबन्ध निर्देशक एन्टो अगस्टिनले सामाजिक सञ्जालमा साझा गरेका थिए । उनले अब फिफाको अर्को अन्तर्राष्ट्रिय खेल विन्डोमा यो खेल हुनसक्ने र यसका लागि छलफल जारी रहेको बताएका छन् ।
एन्टो अगस्टिनले भनेका छन्- खेलको लागि फिफा अनुमति प्राप्त गर्न ढिलाइ भएको कारणले गर्दा अर्जेन्टिना फुटबल संघ (एएफए) सँगको बैठक पछि निर्णय गरिएको हो ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे