२०८२ मंसिर २४, बुधबार
इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने छ भने पराजित हुने टिमको एनपीएल यात्रा समाप्त हुने छ ।



समुह चरणमा भएको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो । लिग चरणमा काठमाडौँ गोर्खाजले ७ खेलमा ५ जित हासिल गरेको थियो भने २ खेलमा हार बेहोरेको थियो । त्यस्तै लुम्बिनी लायन्सले ७ खेलमा ४ खेल जितेको थियो भने ३ खेलमा हार बेहोरेको थियो ।
लुम्बिनीबाट कप्तान रोहित पौडेलले सर्बाधिक २०८ रन बनाएका छन् भने डिआर्ची शर्टले १६४ रन बनाएका छन् । त्यस्तै दिलिपनाथले ११३ र सन्दीप जोराले ९२ रन बनाएका छन् । त्यसैगरी काठमाडौँका बेन चार्लेजवोर्थले सर्बाधिक १९७ रन बनाएका छन् भने जोन सिम्प्सनले १५४, आकास त्रिपाठीले ११७ र मिलिंद कुमारले ११३ रन बनाएका छन् ।
अर्कोतर्फ लुम्बिनीबाट बलर शेर मल्लले सर्बाधिक १० विकेट लिएका छन् भने रुबेन ट्रम्पेलम्यानले ८ विकेट लिएका छन् । त्यस्तै काठमाडौँबाट बलर शाहाब आलम र करण केसीले सर्बाधिक १२- १२ विकेट लिएका छन् भने मिलिन्द कुमारले १० विकेट लिएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे