२०८२ कार्तिक २६, बुधबार
नेपाली कम्युनिष्ट पार्टी र कमरेड भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ का बीच पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको एमालेले मदन भण्डारी र उनका परिवारलाई अपमान गर्ने काम गरेको आरोप लगाएका हुन् ।
प्रचण्डले भने- ‘एमाले मदन भण्डारीको लाइनबाट अलग बाटोमा गएको छ । ओलीले नै मदन भण्डारीलाई बहुविवाह गरेको र सहकारी ठगेको भनेर अपमान गरे । मदन भण्डारीकी पत्नी विद्या भण्डारीलाई नै सदस्यता नदिने भनेपछि कुन तहको अपमान भएको छ, सजिलै बुझ्न सकिन्छ ।’
प्रचण्डले एमालेलाई दम्भ र अहंकारको घर भएको भन्दै ओलीले आफु जस्तै नेतालाई भित्र्याएको व्यंग्य गरेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे