२०८२ मंसिर ३, बुधबार
प्रवक्ता मनिष झाका अनुसार आज दिउसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय,बनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल, सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत, केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै बैठकमा वाचापत्र कार्यदल विस्तार, संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा, मिडिया अध्ययन कार्यदल, अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने, राजनीति अध्ययन कार्यदल र उम्मेदवार छनौट सिफारिस समिति विस्तार गर्ने जस्ता एजेण्डामा छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे