२०८२ मंसिर २१, आईतबार
रास्वपाले सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यहरुलाई उम्मेदवार छनोट रूपरेखा बमोजिम मङ्सिर २१ गतेदेखि उम्मेदवारी आवेदन खुला गरेको जनाएको छ ।



राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक मोबाइल एप मार्फत् आवेदन दिन सकिने जनाइएको छ । उम्मेदवारीको आवेदन शुल्क २५ हजार तोकिएको छ ।
साथै योग्यता पुगेका इच्छुक विपन्न पार्टी सदस्यहरुले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र, सम्बन्धित पार्टी पालिका समितिबाट जारी सिफारिस पत्र र उपलब्ध कागजातहरूको आधारमा आवेदन शुल्क मिनाहा गर्ने-नगर्ने सम्बन्धमा अन्तिम निर्णय पार्टी केन्द्रीय सचिवालयले गर्ने जानकारी दिएको छ ।
रास्वपाले उम्मेदवारी आवेदन तथा उम्मेदवार छनोट प्रक्रियासम्बन्धी थप जानकारी पार्टीको वेभसाइट, एप, पार्टीको केन्द्रीय निर्वाचन आयोग र समग्र पार्टी संरचना (केन्द्र, प्रदेश, जिल्ला, पालिका आदि) बाट दिन सकिने उम्मेदवार छनोट समितिका संयोजक विपिन कुमार आचार्यले जानकारी दिएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे