२०८२ मंसिर २६, शुक्रबार
यहाँ हुँदै बग्ने नारायणी नदीको देवघाट क्षेत्रमा १५ दशमलव ४ प्रतिशत प्लाष्टिकजन्य फोहर भेटिएपछि प्लाष्टिकमुक्त बनाउन लागिएको हो ।



देवघाट क्षेत्र विकास समितिले आज यहाँ पत्रकारहरुसँग अन्तरक्रिया गर्दै यस क्षेत्रमा हुने प्लाष्टिक प्रयोग नियन्त्रणका लागि तीनवटै स्थानीय तह र विभिन्न सङ्घसंस्थासँग सहकार्य गरिने जानकारी दिएको छ ।समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले भने, “अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ, कति सकिन्छ ।”
देवघाट क्षेत्रविकास समितिमातहत पर्ने पाँच हजार ४३४ हेक्टर क्षेत्रभित्र प्लाष्टिकमुक्त बनाउने लक्ष्य राखिएको छ ।रासस
सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा सहयोग गर्न अनुरोध गरे । देवघाटनको दाहसंस्करस्थलको फोहर व्यवस्थापनका लागि सबै जुट्नुपर्ने उनले बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे