२०८२ मंसिर २५, बिहिबार
पुस १ गते बिहान चितवन निकुन्जमा निर्माण गरिएका दुई वटा फलामे खोरमा राखेर ६ वर्षको खगेन्द्रप्रसाद (भाले) र ७ वर्षकी रुद्रकली (पोथी) लाई चितवन, नवलपरासी हुँदै महेन्द्रराजमार्गबाट भैरहवा विमानस्थलमा लगिने छ ।



त्यहा एक रात राखेर पुस २ गते चार्टर विमानमार्फत दुवै हात्तीलाई कतार लगिने छ । कतारको अल्खोरमा रहेको चिडियाखानामा अवलोकनका लागि राख्न नेपाल सरकारले सद्भावना स्वरुप कतारलाई दुई वटा हात्ती निःशुल्क दिएको हो ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलजिस्ट हरिभद्र आचार्यका अनुसार हात्तीसँगै पशु सहायक दिनेश ढकाल, दुई जना हेरालु माहुत पनि सगै जाने छन । दुईवटै हात्तीको आनीबानी सिकाउन यहा हेरचाह गर्दै आएका माहुतहरु बुद्धिलाल श्रेष्ठ र पछुखान थारु पनि संगै जाने तय भएको छ ।
उनीहरु कम्तीमा एक महिना कतारको चिडियाखानामा त्यहाका माहुतलाई हात्तीको आनीबानी सिकाएर फर्किने गरी सम्झौता भएको आचार्यले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे