२०८३ श्रावण ५, मंगलबार


निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यतालिका अनुसार, आजै साँझ ९ बजेदेखि मतदानको समय तोकिएको छ ।
सार्वजनिक कार्यतालिकामा मध्यान्ह साढे १२ बजे नै प्रथम मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजे र २ बजे अन्तिम मतदाता नामावली सार्बजनिक गर्ने रहेको छ । त्यस्तै २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता, साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन, साढे ४ देखि ५ बजेसम्म दाबी विरोध, साढे ५ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी फिर्ता, ८: ४५ मा उम्मेदारको अन्त्तिम नामावली प्रकाशन र राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने तालिका सार्बजनिक गरिएको छ ।रासस
बन्दसत्रले आजै बनाएको पाँच सदस्यीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे