२०८२ माघ २४, शनिबार
बिशेष महाधिबेशनको पक्षमा शुरुदेखि नै खुलेर लागेका सभापति जिशिले मंगलवार भृकुटीमण्डपमा जिल्लाका सबै महाधिबेशन प्रतिनिधि र शुभेच्छुकहरुलाई राखेर यो बिषयमा छलफल शुरु गरेका छन । २ वटा प्रतिनिधि सभा सदस्य रहेको पूर्वी नवलपरासीवाट हाल केन्द्रीय सदस्य रहेका डा शशांक कोइराला, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र सिता देबकोटा यो बिषेश महाधिबेशनमा नखुलेका कारण ति बाहेक अन्य इच्छुक सदस्यहरु जान पर्ने भेलामा बताएको सुनाए ।



उनले भने बिनोद चौधरी पूर्वी नवलपरासीवाट यस अघि केन्द्रीय सदस्यमा प्रतिनित्व गरेपनि उहा कुनैपनि दिन जिल्लाका कोहि नेता कार्यकर्ताको सम्पर्कमा कहिल्यै नरहेका कारण चौधरीलाई फेरी जिल्लावाट केन्द्रीय सदस्यमा राख्न नसकिनेमा भेलामा सहभासगहरु एक मत छन । चौधरी जारी महाधिबेशनका पक्षमा खुलेर लागेका ब्यक्ति हुन । उनि खुलेर महाधिशेनमा लागेपनि जिल्लावाट प्रतिनधित्व गराउन नहुनेमा कांग्रेसका नेता कार्यकर्ता एक मत देखिएका छन ।
चौधरीबाहेक केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली, सिता देबकोटा र डा शशांक कोइराला यो बिशेष महाधिबेशनमा नदेखिएका कारण ति बाहेक नया अनुहार आउने पर्ने जिसीले भेलामा कुरा राखेका छन ।
अहिले केहि बेर अघि बिशेष महाधिबेशन स्थल भृकुटी मण्डपमा पूर्वी नवलपरासीका सबै प्रतिनिधिहरु र शुभेच्छुकको भेलामा जिसीले त्यस्तो आसय ब्यक्त गरेका हुन ।
बिशेष महाधिबेशनमा पूर्वी नवलपरासीका ४८ जना मध्ये ४४ जना महाधिबेशन प्रतिनिधि सकृय सहभागि रहेका छन । हालका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली , सिता देबकोटा र डा शशांक कोइराला यो महाधिबेशनमा देखिएका छैनन ।
जिल्लाका महाधिबेशन प्रतिनिधि ३ दिन अघि केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका पूर्व सदस्य डा शशांक कोइरालको निवासमा पुगेर बिशेष महाधिबेशनमा खुल्न आग्रह गरेपनि कोइरालाले नजाने भन्दै नाक खुम्च्याएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे