२०८३ अषाढ ३, बुधबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बित्थडचिर गाउँपालिका, वडा नम्बर ९ स्थित सुनकुडा माध्यमिक विद्यालयको ३ तले, १२ कोठे भवन निर्माणका क्रममा २६ लाख ५४ हजार ६८३ अनियमितता भएको पाइएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।
अख्तियारले विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारी, प्रधानाध्यापक धन बहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्टलाई २६ लाख ५४ हजारको बिगो माग गरेको छ भने बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र गाउँपालिकाका तत्कालीन सव-इन्जिनियर किरण भण्डारीलाई जनही २० लाख एक हजार ७७९ बिगो माग गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे