२०८३ श्रावण ३, आईतबार


आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेकी दाहाल सोमबार भरतपुर–१६ मा घरदैलो अभियानमा सहभागी हुँदा स्थानीयवासीको उल्लेख्य उपस्थितिसहित स्वागत पाएकी हुन्।
दुई कार्यकालसम्म भरतपुर महानगरपालिकाको नेतृत्व सम्हालेकी दाहालले संघीय राजनीतिमा प्रवेश गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन्। जेनजी आन्दोलनका कारण निर्वाचनको मिति अगाडि सारिँदा दोस्रो कार्यकाल पूरा हुन करिब १५ महिना बाँकी रहँदै उनले प्रमुख पदबाट राजीनामा दिएकी थिइन्। “निर्वाचन समयअगावै घोषणा भएपछि राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो,” दाहालले भनिन्।
घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै उनले महानगर प्रमुखका रूपमा कार्यरत रहँदा सबैलाई समान व्यवहार गर्दै विकास निर्माणका काम अघि बढाएको दाबी गरिन्। “कसले के भन्यो भन्नेभन्दा पनि कहाँ कति काम गर्नुपर्छ भन्ने कुरामा केन्द्रित रहेँ,” उनले भनिन्, “विकासका काममा कहिल्यै पक्षपात गरिनँ।”
उनले स्थानीय तहमा हासिल अनुभवलाई संघीय संसद्मा नीति निर्माण तहमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। चितवनको समग्र विकासका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अवसर दिन मतदातासँग आग्रहसमेत गरिन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे