२०८३ अषाढ ४, बिहिबार
बुधबार बयान र थुनछेक बहसपछि बिशेष अदालतका बिशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायण प्रसाद कोइराला र विदुर कोइरालाको इजलासले भट्ट र अग्रवाललाई कारागार चलानको आदेश दिएको हो
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा बिशेष सरकारी वकिल कार्यालयले भट्टविरुद्ध २६ तथा अग्रवालविरुद्ध २५ अर्ब रुपैयाँको बिगोसहित गत बिहीबार उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।
बिमा, धितोपत्र तथा बैंकिङ कसुरमार्फत आर्जन गरेको सम्पत्ति उनीहरूले शुद्धीकरण गरेको अभियोग छ। जिल्ला अदालतमा बिमा र धितोसम्बन्धि तथा उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दायर भइसकेको छ। सत्ताको आडमा उनीहरूले अबौंको वित्तिय अपचलन गरेको सरकार विभिन्न निकायको अनुसन्धानबाट खुलेको छ । उनीहरूको अन्य कारोबारमाथि सम्पत्ति शुद्धीकरणले थप अनुसन्धान गरिरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे