२०८३ अषाढ ४, बिहिबार
मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–४ भगिरामपुर निवासी रुपासेन वली रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो ।
बिहीबार बिहान स्थानीयवासी बाट सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनास्थलमा मृतकको कपडा र झोला पुलको छेउमा रहेको फलामको पोलमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रुपासेन वली केही समयदेखि आफ्नी छोरी जमुना केसीको घरमा बस्दै आएकी थिइन् । घटनाको दिन बिहान कसैलाई जानकारी नदिई घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।गोरखापत्र
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे