२०८३ अषाढ ८, सोमबार
दोस्रो दिनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुदैछ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज दोस्रो सत्रको प्रारम्भ बिहान साढे ८ बजेदेखि हुनेछ । दोस्रो दिन अनुशासन आयोगले प्रतिवेदन प्रस्तुत गर्ने छ भने त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । त्यसपछि १० बजेदेखि १०: ४५ बजेसम्म महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन् र त्यसमा छलफल हुने छ ।
त्यस्तै आज ११: ४५ बजेदेखि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । प्रतिवेदन पारित गरेपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरेर आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन् ।
त्यसपछि रास्वपाको निर्वाचन आयोगले यस अघि सार्बजनिक गरेको कार्यतालिका अनुसारको निर्वाचनको प्रक्रिया शुरु हुने कार्यतालिका रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे