२०८३ अषाढ २८, आईतबार
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार मादक पदार्थ सेवन गरेका टमबहादुरले घरायसी विवादका क्रममा धारिलो हतियार (बन्चरो) प्रहार गरेका हुन्।
बन्चरो प्रहारबाट नरबहादुरको बायाँ कानमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उहाँको गुल्मी अस्पताल, तम्घासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको डीएसपी विश्वकर्माले बताउनुभयो।
घटनापछि फरार रहनुभएका टमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे