२०८३ श्रावण ३, आईतबार
काठमाडौँ । देशका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले भौतिक पूर्वाधार प्रयोग गरेबापतको बक्यौता रकममध्ये ४६ करोड रुपैयाँभन्दा बढी राज्यकोषमा बुझाएका छन्।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीका अनुसार गत असार मसान्तसम्म १० वटा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगबाट कुल ४६ करोड ८६ लाख रुपैयाँ महसुल संकलन भएको हो।
देशभरका औद्योगिक क्षेत्रमा रहेका ३०० भन्दा बढी उद्योगले भने अझै ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ। ती उद्योगबाट करिब ८८ करोड रुपैयाँ बराबरको बक्यौता असुल हुन बाँकी थियो।
बक्यौता भुक्तानीमा बेवास्ता गर्ने उद्योगमाथि व्यवस्थापन लिमिटेडले सेवा कटौतीको कदम पनि चालेको छ। सूचना अधिकारी सोडारीका अनुसार रकम नबुझाएका १० उद्योगको विद्युत् आपूर्ति बन्द गरिएको छ।
यसैबीच, कन्टिनेन्टल ग्रुपअन्तर्गतका दुई उद्योगले मात्रै करिब ४ करोड रुपैयाँ बराबरको महसुल तिर्न बाँकी रहेको बताइएको छ। औद्योगिक क्षेत्र व्यवस्थापनले बाँकी रकम असुल गर्न नियमित अनुगमन र आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे