२०८३ श्रावण ५, मंगलबार


गुणस्तरहीन भेटिनेमा गोलमोल, वाईवाई, प्रिमियम पिरो र मामा चाउचाउ रहेका छन् । सिजि फुड्स इन्टरप्राइजेज प्रालि, बाँसगढी-३
बर्दियाद्वारा उत्पादित ती चाउचाउको नमूना प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर भेटिएको विभागले जनाएको छ ।
विभागले गोलमोलको ब्याच नम्बर (बि-बिएम२ डि), वाईवाईको ब्याच नम्बर (बि-बिएम१-एक्स), प्रिमियम पिरोको ब्याच नम्बर (बि-बिएम२-सी) र मामा चाउचाउको ब्याच नम्बर (बि-बिएम १-एक्स) का सबै खाद्य वस्तु बजारबाट फिर्ता गर्न पनि निर्देशन दिएको छ ।
सो ब्याचका चाउचाउ खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६ (क) विपरीत न्यूनस्तर रहेको विभागले जारी गरेको आदेशमा उल्लेख छ ।
त्यस्तै, विभागले अखाद्य प्रमाणित भएका चाउचाउ ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को दफा ३८ को उपदफा (४) अनुसार बिक्री वितरणमा रोक लगाउन पनि आदेश दिएको छ ।

ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे