२०८३ आश्विन ५, सोमबार



आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनअन्तर्गत जिल्लामा पर्ने रुखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्ने स्वीकृति प्रदान गरेको छ। यससँगै प्रसारण लाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै १७ वटै सामुदायिक वनमा रुख कटानका लागि आवश्यक स्वीकृति मिलेको छ।
प्रसारण लाइन क्षेत्रअन्तर्गत देवघाट गाउँपालिकामा पाँच, बन्दीपुर गाउँपालिकामा छ र व्यास नगरपालिकामा छ वटा सामुदायिक वन रहेका छन्। चितवनतर्फ भने रुख कटानको काम भइरहेको आयोजना प्रमुख भण्डारीले बताएका छन्।
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ टावर निर्माण गर्नुपर्नेछ। निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड भारतले हालसम्म ८३ वटा टावरको जग हाल्ने तथा ७८ वटा टावर जडान गर्ने काम सम्पन्न गरिसकेको छ।
आयोजना प्रमुख भण्डारीका अनुसार प्याकेज–३ को समग्र निर्माण प्रगति ८२ प्रतिशत पुगेको छ। रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारण लाइन निर्माणको बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाको अपेक्षा छ।रासस
आयोजनाको तीन प्याकेजमा काम भइरहेको छ। प्याकेज एकअन्तर्गत बाँधलगायतका संरचना निर्माणका लागि सोङ्दा कालिका जेभीमार्फत काम भइरहेको छ। यो प्याकेजमा ६३ प्रतिशत प्रगति रहेको छ। आयोजनाको प्याकेज दुईअन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणहरूमा सिनो हाइड्रो कर्पोरेसन चीनले काम गरिरहेको छ। यो प्याकेजमा ७९ प्रतिशत प्रगति छ। आयोजनाको समग्र प्रगति भने ७८ प्रतिशत पुगेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे