• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ७, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
२

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
३

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
४

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
५

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
६

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
७

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार
८

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

२०८३ भाद्र १६, मंगलबार
९

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
१०

कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम

२०८३ भाद्र १५, सोमबार
११

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार
१२

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार

६ सङ्कल्प पारित गर्दै तस्रो संस्करणको ‘अङ्कुरम्–मोडल युनाइटेड नेसन्स’ सम्पन्न

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ आश्विन ६, मंगलबार

  • ३९ पटक पढिएको
  • चितवन । भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा सञ्चालित त्रिदिवसीय अङ्कुरम्–मोडल युनाइटेड नेसन्स’को तेस्रो संस्करण सोमबार विभिन्न छवटा सङ्कल्प पारित गर्दै सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघका छवटा कमिटीमा अध्ययन, अनुसन्धान र छलफलपछि ती सङ्कल्प पारित भएका हुन् ।

    कार्यक्रम समापनलाई सम्बोधन गर्दै प्रमुखअतिथि तथा भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले भोलिका नेतृत्वदायी नागरिक उत्पादन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र जलवायु परिवर्तनजस्ता समय सान्दर्भिक विषय समेटेर लगातार तीन वर्षदेखि गरिएको तीनवटै संकरण फलदायी भएको बताए ।

    संयुक्त राष्ट्रसंघीय वातारण कार्यक्रम (युएनइपी)अन्तर्गत ‘सुरक्षित भविष्यका लागि जलवायु उत्थानशीलता’, विश्व स्वास्थ्य सङ्गठनअन्तर्गत ‘वाधाविहीन स्वास्थ्यसेवाको पहुँच’, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्अन्तर्गत ‘सुरक्षित वर्तमान ः स्थिर भविष्य’, मानवअधिकार परिषद्अन्तर्गत ‘सुरक्षित भविष्यका लागि नागरिक गरिमा’ विषयहरू समेटिएका थिए । मानवअधिकार परिषद्ले अनगानिस्तानमा भइरहेको नीतिगत हिंसा तथा मानवअधिकार उल्लङ्घनको विषयमा केन्द्रित रहेको थियो ।

    त्यस्तै, संयुक्त राष्ट्रसंघीय बालकोषअन्तर्गत ‘कृत्रिम बुद्धिमत्ताको युगमा अनलाइन शोषणविरुद्ध विश्वव्यापी बाल संरक्षण संयन्त्रलाई सुदृढ बनाउने, युनेस्कोअन्तर्गत ‘वाधाविहीन शिक्षा प्राप्ति’को विषयलाई प्राथमिकताका साथ उठाइएको छ । जसअन्तर्गत ‘द्वन्द्व र संकटमा उदीयमान प्रविधिमार्फत शिक्षाको अधिकारको सुरक्षा गर्ने विषयहरू उठान गरिएको छ ।

    कुन समितिबाट कुन एजेन्डा भयो पारित ?
    त्रिदिवसीय कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूले विविध विषयको प्रतिनिधित्व गरेका थिए । छवटा समितिमध्ये संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले ‘उदीयमान रणनीतिक क्षेत्रहरूमा महत्वपूर्ण पूर्वाधारको सुरक्षाः अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा रहेका खतराहरूको सम्बोधन’ विषयक सङकल्प पारित भएको छ । जसअनुसार विभिन्न प्रभावकारी उपायहरूसँगै, यस प्रस्तावले सैन्य, साइबर र अन्य उदीयमान प्राविधिक खतराहरूका सबै प्रकारबाट महत्वपूर्ण नागरिक पूर्वाधारहरूको सुरक्षालाई सुदृढ गर्ने, साइबर घटना प्रमाणीकरण संयन्त्रसहित राष्ट्रिय तथा क्षेत्रीय ’महत्वपूर्ण पूर्वाधार सुरक्षा ढाँचाहरू’ स्थापना गर्ने परिकल्पना गरिएको छ ।

    त्यस्तै, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमअन्तर्गत ‘एल निनो’ र ‘ला निनो’सँग सम्बन्धित चरम मौसमी घटनाविरुद्ध विश्वव्यापी जलवायु उत्थानशीलता सुदृढ गर्ने कार्यसूचीलाई सम्बोधन गर्ने सङ्कल्प पारित गरिएको छ । एमुन च्याप्टर ३.० का महासचिव प्रमोद थपलियाले ‘वर्षा, पानीको उपलब्धता, बाढी, खडेरी, कृषि तथा जोखिममा रहेका समुदायहरूमा ‘एल निनो’ र ‘ला निनो’को बारम्बार पर्ने प्रभावहरूलाई स्वीकार गर्दै मौसमसम्बन्धी निगरानी, पूर्व–सूचना प्रणाली, प्राविधिक सहयोग र क्षमता अभिवृद्धिमा जोड दिने सङ्कल्प पारित गरिएको बताए ।
    त्यस्तै, संयुक्त राष्ट्रसंघको अर्को संगठन युनेस्कोअन्तर्गत ‘उदीयमान प्रविधिहरूका माध्यमबाट द्वन्द्व र सङ्कटको अवस्थामा शिक्षाको अधिकारको संरक्षण’ गर्ने सङ्कल्प पारित भएको उपमहासचिव रीताकुमारी उपाध्यायले जानकारी दिइन् । यसअन्तर्गत सशस्त्र द्वन्द्व र सङ्कटका कारण शिक्षामा पर्ने अवरोधलाई स्वीकार गर्दै, शिक्षाको निरन्तरता कायम राख्न तथा गुणस्तरीय शिक्षामा पहुँच सुदृढ गर्न उदीयमान प्रविधिहरूको सम्भावनालाई आत्मसात गरिएको उनले जानकारी दिइन् ।

    त्यस्तै, संयुक्त राष्ट्रसंघीय बाल कोषअन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआई)को युगमा अनलाइन शोषण विरुद्ध विश्वव्यापी बाल संरक्षण संयन्त्रहरूलाई सुदृढ पार्ने सङ्कल्प पारित भएको छ । यो प्रस्तावले विशेष गरी विकासोन्मुख राष्ट्रहरूका लागि ‘सेफ्टी–बाइ–डिजाइन’ उपायहरू, डिजिटल वाटरमार्किङ, एआई पहिचान उपकरणहरू, डिजिटल प्रमाण आदान–प्रदानमा सुधार र क्षेत्रीय एआई साइबर–फरेन्सिक क्षमता अभिवृद्धिमार्फत एआईसिर्जित शोषणविरुद्ध बाल संरक्षणलाई सुदृढ पार्नमा केन्द्रित हुने बताइएको छ ।
    त्यसैगरी, विश्व स्वास्थ्य संगठनअन्तर्गतको ‘चिकित्सासम्बन्धी नवीन आविष्कारहरूमा असमान पहुँचका कारण सिर्जित विश्वव्यापी स्वास्थ्य असमानताहरूको रोकथाम’ विषयक कार्यसूचीमा अध्ययन, अनुसन्धान र छलफल गरी खोप, रोग निदान विधि, उपचार पद्धति, चिकित्सा उपकरण र अन्य अत्यावश्यक स्वास्थ्य प्रविधिहरूमा पहुँचसम्बन्धी विद्यमान असमानताहरूलाई सम्बोधन गरी विशेषतः यस्ता असमानताले विकासोन्मुख देशहरू, ग्रामीण समुदायहरू र जोखिममा रहेका जनसमुदायलाई प्रभावित पार्ने तथ्यमाथि जोड दिइएको छ । यस्ता असमानताविरुद्ध अन्तर्राष्ट्रिय सहयोग, किफायती चिकित्सा प्रविधिहरूमा समान पहुँच, प्रविधि हस्तान्तरण, क्षेत्रीय उत्पादन, सुदृढ स्वास्थ्य पूर्वाधारलगायतका विषयमा गहन छलफल गरी पारित गरिएको छ ।

    त्यसैगरी संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत ‘अफगानिस्तानमा व्याप्त प्रणालीगत हिंसा र मानव अधिकार उल्लङ्घनको सम्बोधन’ विषयमा छलफल भएको थियो । प्रभावित तथा जोखिममा रहेका जनसमुदायको संरक्षणका लागि मौलिक अधिकारको रक्षा, जवाफदेहिताको सुनिश्चितता र अन्तर्राष्ट्रिय सहयोग सुदृढीकरणको महत्त्वबारे समितिमा छलफल गरिएको बताइएको छ ।

    कार्यक्रमका सल्लाहकार एवं विद्यालयका प्रधानाध्यापक सुमन पौडेलले ‘एएमयूएन’ विद्यार्थीको प्रतिभा प्रस्फुटन, नेतृत्व विकास र कूटनीतिक सीप अभिवृद्धिको प्रभावकारी मञ्च भएको बताए । उनका अनुसार कार्यक्रमले सहभागीलाई विश्वव्यापी समस्याबारे बुझ्न, तिनका कारण पहिचान गर्न र सम्भावित समाधान प्रस्तुत गर्न अवसर दिन्छ । ‘एएमयूएनले विद्यार्थीलाई आफ्नो विचार आत्मविश्वासका साथ प्रस्तुत गर्न र प्रतिभा प्रदर्शन गर्न प्रेरित गर्छ,’ उनले भने ।

    कार्यक्रमका महासचिव सहप्राचार्य प्रमोद थपलियाले भविष्यका नेतृत्व उत्पादन गर्न सहयोग गर्ने यो कार्यक्रममार्फत सहभागीहरुले सामाजिकीकरणको महत्त्व बोध गरेको, ‘डिवेट’ गर्ने कला सिकेको र सहभागीहरुमा समालोचनात्मक चिन्तनको विकास भएको र सहभागीहरुमा कुटनीतिक सीपको विकास भएको बताए ।

    कार्यक्रममा चितवन, नवलपरासी र काठमाडौँका विद्यालयहरूबाट २१६ जना विद्यार्थीहरूको सहभागिता रहेको र सहभागी विद्यार्थीहरूले विश्वव्यापी समस्याका बारेमा आफूहरूले गरेको अनुसन्धानका आधारमा सामूहिक छलफलमार्फत समाधनसमेत सुझाएको उपमहासचिव उपाध्यायले जानकारी दिइन् । विद्यालयका आवासीय निर्देशक नईम चौधरीले स्वागत गरेको समापन कार्यक्रमको सञ्चालन तेजस्वी पन्त, ओजस्वी न्यूरे र अनुष्का भण्डारीले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

  • पर्वतारोही र पदयात्रीलाई मौसमको अवस्थाप्रति सतर्क रहन अपिल

  • विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए शपथ

  • एशियाली खेलकुदमा बक्सिङतर्फ खगेन्द्रको विजयी शुरुवात

  • समाचार
  • १

    पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
    २०८३ आश्विन ७, बुधबार

  • २

    पर्वतारोही र पदयात्रीलाई मौसमको अवस्थाप्रति सतर्क रहन अपिल
    २०८३ आश्विन ७, बुधबार

  • ३

    विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए शपथ
    २०८३ आश्विन ७, बुधबार

  • ४

    एशियाली खेलकुदमा बक्सिङतर्फ खगेन्द्रको विजयी शुरुवात
    २०८३ आश्विन ७, बुधबार

  • ५

     सामुदायिक विद्यालयमा आवासीय सुविधा: अनाथ र विकट क्षेत्रका विद्यार्थीलाई नि:शुल्क पठनपाठन
    २०८३ आश्विन ७, बुधबार

  • ६

    जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा
    २०८३ आश्विन ७, बुधबार

  • ७

    प्रधानमन्त्री शाहको विदाईमा परम्परागत औपचारिकता नहुने
    २०८३ आश्विन ६, मंगलबार

  • ८

    ६ सङ्कल्प पारित गर्दै तस्रो संस्करणको ‘अङ्कुरम्–मोडल युनाइटेड नेसन्स’ सम्पन्न
    २०८३ आश्विन ६, मंगलबार

  • ९

    राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन
    २०८३ आश्विन ६, मंगलबार

  • १०

    सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
    २०८३ आश्विन ५, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution