२०८३ आश्विन १२, सोमबार



जिल्ला प्रहरी कार्यालय बेनीका अनुसार स्थानीयवासी र प्रहरीको सहयोगमा पहिरोमा पुरिएका ६ जनाको शव फेला पारिएको हो ।
अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका १९ वर्षीय सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका–३ फगामकी ५४ वर्षीया योमाया पाइजा, मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन, सोही स्थानका २८ वर्षीय देवबहादुर पुन, अन्नपूर्ण गाउँपालिका–६ गिवाङकी ५ वर्षीया जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका–३ फगामकी शिल कुमारी गर्बुजाको शव फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका–६ गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका मनोज गर्बुजा र बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी कुमारी विक बेपत्ता रहेको प्रहरीले जनाएको छ।
वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो गएपछि प्रहरी परिचालन गरी थप खोज तथा उद्धार र राहत वितरणको काम भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सम्पूर्ण यातायात आवागमन ठप्प भएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे