• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १३, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
३

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार
४

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

२०८३ भाद्र १६, मंगलबार
५

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
६

कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम

२०८३ भाद्र १५, सोमबार
७

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार
८

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
९

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
१०

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र १७, बुधबार
११

बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

२०८३ भाद्र १९, शुक्रबार
१२

सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक

२०८३ भाद्र २३, मंगलबार

निःशुल्क शिक्षा कार्यान्वयनका लागि साझा प्रयास अपरिहार्य

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ आश्विन १३, मंगलबार

  • १९ पटक पढिएको
  • कमल के.सी, चितवन – सरकारले घोषणा गरेको निःशुल्क शिक्षा अभियान सरकारी प्रयासले मात्र सम्भव नहुने तथ्यमाथि जोड दिइएको छ । मंगलबार अङ्कुरम् एकेडेमीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाको प्रमुखआतिथ्यतामा आयोजित ‘शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको अन्तक्र्रिया तथा छलफल कार्यक्रम’मा सो तथ्यमाथि जोड दिइएको हो ।
    शिक्षा विकास तथा समन्वय इकाइ चितवको आयोजना तथा अङ्कुरम् एकेडेमीको सहकार्यमा आयोजित कार्यक्रममा कार्यालयका शाखा अधिकृत दीपेन्द्रकुमार श्रेष्ठले वि.सं २०८२ देखि २०८२ सम्मको कक्षा ८ र एसइई तथा कक्षा १२ को नतिजाको विश्लेषणात्मक प्रस्तुती पेस गरेका थिए ।
    उनले जिल्लामा संघ सरकार र प्रदेश सरकारद्वारा विशेष सहयोग प्राप्त आठवटा सामुदायिक विद्यालय नमुना विद्यालयमा सञ्चालनमा रहेको जानकारी दिँदै जिल्लाका सबै विद्यालय नमुना विद्यालय हुनुपर्ने बताए ।
    सामुदायिक विद्यालयको तर्फबाट विद्यालयको त्रिवर्षीय प्रगति प्रतिवेदन पेस गर्दै कठार मावि खैरहनीका प्रधानाध्यापक अर्जुनप्रसाद सिलवालले २०८० देखि २०८२ सम्म विद्यालयले गरेको शैक्षणिक प्रगति पेस गरेका थिए । ‘विद्यालय रुपान्तरण र शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रभावकारी व्यवस्थापन योजनाबद्ध शिक्षण र नतिजामुखी सिकाइ अभ्यास’सम्बन्धी प्रस्तुतीकरण गर्दै उनले शैक्षिक सुधारका चार आधार ‘समय व्यवस्थापन, योजनाबद्ध शिक्षण, नतिजा विश्लेषण र अभिभावकसँगको सहकार्य’ पेस गरेका थिए ।

    त्यस्तै, संस्थागत विद्यालयका तर्फबाट अङ्कुरम् एकेडेमीका प्रधानाध्यापक सुमन पौडेलले ‘भविष्यको शिक्षा’बारे प्रस्तुतीकरणको प्रदर्शन गरेका थिए । प्रस्तुतिका क्रममा उनले भने, ‘यी तस्बिरहरू हाम्रा उपलब्धि प्रदर्शन गर्ने माध्यम मात्र होइनन् बरु हाम्रा बालबालिकालाई भविष्यका लागि आवश्यक ज्ञान, सीप र अनुभव प्रदान गर्ने हाम्रो निरन्तर प्रयासका प्रतिबिम्ब हुन् ।’

    उनले आफूहरूले ‘फ्युचर रेडी’ र वल्र्डवाइड कम्पिटेटिभ’ जनशक्ति तयार गर्न ‘एआई एण्ड टेक्नोलोजी’, अनिश्चितता, विश्वव्यापीकरण र जलवायु तथा समाजलाई केन्द्रित गरी बालबालिकालाई सिकाइ प्रक्रियामा सहभागी गराइरहेको बताए । उनले अहिलेसम्म ‘आइक्यू’ (बुद्धि लब्धि)लाई शिक्षण संस्थाले प्रमुखता दिने गरेको भएता पनि आफूहरूले ‘आइक्यू’ र ‘इक्यू’ (भावनात्मक बुद्धिमत्ता)लाई समेत प्रमुखता दिएर विद्यार्थीहरूलाई सिकाइ प्रक्रियामा सहभागी गराइरहेको बताए ।

    उनले सन् २०३५ का लागि आवश्यक जनशक्तिलाई लक्षित गरी विद्यालयमा विभिन्न प्रख्यात संस्थाहरूसँग सहकार्य गरी कार्यक्रमहरू सञ्चालन गरेको बताए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय विद्यालयहरूलाई समेत सहभागी बनाई विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए ।

    कार्यक्रमका प्रमुखअतिथि शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले सरकारको एकल प्रयासले मात्र निःशुल्क शिक्षा कार्यान्वयन सम्भव नहुने बताए । उनले सामुदायिक विद्यालयलाई जवाफदेही बनाउन मन्त्रालय क्रियाशील रहेको र त्यसका लागि शिक्षा ऐन निर्माण गर्न मन्त्रालय लागिरहेको बताए । ‘शिक्षा ऐनभित्र कतिपय बुँदा सच्याउनुपर्ने बताउँदै उनले भने– ‘हेड सर र सञ्चालन समिति अध्यक्षलाई अधिकार दियो भने बेचेर खाइदिन्छन् भन्ने अविश्वास कानुनमै छ, त्यसलाई हटाउनु पर्छ ।’ ‘धेरै सामुदायिक विद्यालयहरूसँग जग्गाजमिन र मासिक भाडा आउने सटरहरू छन्,’ उनले भने, ‘देशैभर त्यसको लगत सङ्कलन गरेर सरकारको तर्फबाट कति लगानी बढाउनुपर्छ त्यसको तथ्याङ्क निकाल्नुपर्छ, त्यसपछि निःशुल्क शिक्षाको कार्यान्वयनमा अघि बढ्नुपर्छ ।’ निःशुल्क शिक्षा कार्यान्वयनका लागि सरकारको अनुदानमा मात्रै भर नपरी वैकल्पिक स्रोतहरूको खोजी गरिनुपर्ने उनको भनाइ थियो ।

    उनले अहिलेका बच्चाहरूको चेतनास्तर निकै उच्च रहेको बताउँदै आफू शिक्षामन्त्रीसँग सँगै हिँडेको कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थीले ‘विद्यालयले अभिभावकसँग पैसा उठाउने, विद्यालयमा खर्च हुने र रकम बचत हुने तर बचत रकमको हिसाबकिताब विद्यालयमा नहुने’ बताएको प्रसङ्ग सुनाए । उनले आगामी दिनमा शिक्षक नियुक्ति गर्दा बहुविषय विशेषज्ञ शिक्षक नियुक्ति गर्नुपर्ने बताए । दूरगामी रूपमा काम लाग्नेगरी शिक्षा ऐन बनाउन मन्त्रालय लागिपरेको उनको भनाइ थियो ।

    उनले देवस्थल र विकासको केन्द्र चितवनमा अङ्कुरम् एकेडेमीजस्तो विद्यालयलाई यो मोडलमा चलाइँदा यहाँका प्रिन्सिपल पौडेल ‘सही ठाउँमा सही व्यक्ति’ भएको टिप्पणी गर्दै सामुदायिक विद्यालयहरूले पनि यसको सिको गर्नुपर्ने बताए ।

    जिल्लाका कक्षा १० सम्म सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरू जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरू सहभागी  कार्यक्रम इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलको अध्यक्षता,  शाखा अधिकृत मेनका अर्यालको स्वागत तथा शाखा अधिकृत कृष्णप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा शिक्षाविद् महेन्द्र पौड्यालसमेत मन्तव्य राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

  • सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

  • हिमलुङ हिमालको आधार शिविरमा उद्धार रोकियो, १२ जना अझै बेपत्ता

  • बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

  • समाचार
  • १

    निःशुल्क शिक्षा कार्यान्वयनका लागि साझा प्रयास अपरिहार्य
    २०८३ आश्विन १३, मंगलबार

  • २

    प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा
    २०८३ आश्विन १३, मंगलबार

  • ३

    सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
    २०८३ आश्विन १३, मंगलबार

  • ४

    हिमलुङ हिमालको आधार शिविरमा उद्धार रोकियो, १२ जना अझै बेपत्ता
    २०८३ आश्विन १३, मंगलबार

  • ५

    बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा
    २०८३ आश्विन १३, मंगलबार

  • ६

    हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने
    २०८३ आश्विन १३, मंगलबार

  • ७

    मलेखु–मुग्लिङ सडकखण्ड सुचारु, केही स्थानमा एकतर्फी आवागमन
    २०८३ आश्विन १२, सोमबार

  • ८

    असोज ८ गतेदेखिको बाढी र पहिरोमा २१ जनाको मृत्यु, पाँच बेपत्ता
    २०८३ आश्विन १२, सोमबार

  • ९

    म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, तीन जना बेपत्ता
    २०८३ आश्विन १२, सोमबार

  • १०

    गण्डकी सहितका पाँच प्रदेशमा मध्यमबर्षाको सम्भावना
    २०८३ आश्विन १२, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution