२०८२ बैशाख १८, बिहिबार
जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आह्ववानअनुसार शिवशिवर बहुउद्देश्यीय सहकारीबाट ठगिएका डडेल्धुराका २ हजार बढी बचतकर्ताले सप्रमाण प्रहरीसमक्ष उजुरी दर्ता गराएका छन्। भक्तपुरमा प्रधान कार्यालय रहेको सो सहकारी संस्थाले डडेल्धुरा जिल्लामा शाखा कार्यालय स्थापना गरेर ६ हजार वचतकर्ताबाट निक्षेप संकलन गरेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन्।
देशभरका विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरेको शिवशिखर सहकारीले सुदूरपश्चिम प्रदेशमा डडेल्धुरासँगै डोटी, कैलाली र कञ्चनपुरमा शाखा स्थापना गरेको छ ।शिवशिखर सहकारी संस्थामा बचत गरेका सर्वसाधारणलाई उजुरी दिन सार्वजनिक सूचनामार्फत आह्रवान गरेको हो । शुक्रबारसम्म २ हजार बढी बचतकर्ताबाट १ हजार ३ सय ६५ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए ।
एउटै परिवारका सदस्य बचतकर्ताबाट सामूहिक उजुरी माग गरिएकाले उजुरी दिने बचतकर्ताको संख्याभन्दा कम उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालय बन्द गरेर सञ्चालक र कर्मचारी फरार रहेकाले उजुरी दिन सर्वसाधारणलाई आग्रह गरिएको हो । पीडितको उजुरीका आधारमा साढे ७ करोड रुपियाँ सहकारीमा जम्मा गरिएको प्रमाण उपलब्ध भएको छ ।
पीडितको उजुरी लिने कार्य अगामी सातासम्म निरन्तर जारी रहने भएकाले पीडितको संख्या बढ्दै जाने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन्। सो सहकारीका बचतकर्ता तथा ग्राहक डडेल्धुरा जिल्ला बाहिर डोटी, कैलाली र भारतमा समेत रहेकाले दुई सातासम्म उजुरी आउन सक्ने डीएसपी भट्टले बताए । समाचारपत्र दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे