• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १०, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
३

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
४

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
५

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
६

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
७

नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

२०८३ आश्विन १७, शनिबार
८

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

२०८३ आश्विन १६, शुक्रबार
९

सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने

२०८३ आश्विन १५, बिहिबार
१०

प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक

२०८३ आश्विन १६, शुक्रबार
११

नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान

२०८३ आश्विन २७, मंगलबार
१२

नेपालले साफ च्याम्पियनसिपमा भाग लिन नपाउने निश्चित

२०८३ आश्विन १५, बिहिबार

नवलपुरमा मिटरव्याज र अनुचित लेनदेनमा राजनीति गर्ने व्यक्ति देखि बैँकका हाकिम

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० भाद्र १४, बिहिबार

  • ८९९ पटक पढिएको
  • नवलपुर, भदौ १४ गते । राजनीतिक आडमा मिटरव्याजको बिगबिगी भएको छ । समाजमा नाम र पैसा दुवै कमाएकाहरु नै बढी अनुचित लेनदेनमा सक्रिय रहेका छन् । मिटरव्याजलाई सरकारले गैरकानुनी धन्दा भने पनि गाउँघरमा यसको संयन्त्र बढ्दो छ ।

    मिटरव्याजी जालोमा कसरी गाउँघरका सोझासाजा पर्छन् केही उदाहरण यहाँ प्रस्तुत गरिएको छ ।

    घटना १ 

    नामः माया भण्डारी

    ठेगानाः कावासोती, नवलपुर

    राजनीतिक आवद्धताः राष्ट्रिय स्वतन्त्र पार्टी

    जिम्मेवारीः महिला उपाध्यक्ष, गण्डकी प्रदेश, नवलपुर क्षेत्र १ को उपसभापति

    कर्तुत नं. १ 

    २०७८ साल असोज १७ गते ऋणिलाई १० लाख उपलब्ध गराउने क्रममा १५ दिनको एक लाख ५० हजार अग्रिम ब्याज कटाई ८ लाख ५० हजार रुपियाँ ऋण लगाएको । त्यसको ब्याजस्वरुप हालसम नगद र सुन गरी एक करोड ५४ लाख रुपियाँ असुल गरिसकेको ।

    मालपोतको लेखनदास राखेर ३६ लाखको तमसुक गरेको । ऋणीलाई आफ्नै घरमा बोलाई घरको कोठामा चुकुल लगाएर धम्की, डर, त्रास देखाएपछि विनय सुनचाँदी पसल कावासोतीबाट ५ लाख ५४ हजारको सुनको सिक्रि र बाला झिकाएर दिएपछि घरबाट रिहा भएको । कामना विकास बैंकको खाली चेकमा हस्ताक्षर गराई लिएर १३ लाख रुपियाँको चेक बाउन्स गराएर राखेको ।

    कर्तुत नम्बर २

    निज भण्डारीले नै दुई वर्षअघि दुई पटक गरी ऋणिलाई ४ लाख रुपियाँ उपलब्ध गराएको । ब्याज दिनको एक लाखको एक हजार रुपियाँका दरले ४ लाखको एक महिनाको ब्याज एक लाख २० हजार रुपियाँ । हालसम्म तिरेको व्याज २८ लाख ८० हजार । माइतबाट आमा, भाउजू, दिदीबहिनी र इष्टमित्रबाट सापटी मागेर  १८ तोला सुनका गरगहना दिएको ।

    अव पीडितले तिर्न सक्ने केही नभएपछि १६ लाखको तमसुक गराएर एक वर्षसम्म पीडितलाई आफ्नै घरमा घरेलु कामदारका रुपमा बन्धक बनाइ राखेर श्रमशोषण गरेको । जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदा डर, त्रास र धम्की देखाइ निवेदन फिर्ता गराउन बाध्य पारेको ।

    घटना २

    नामः पार्वती आचार्य

    ठेगानाः कावासोती, नवलपुर

    राजनीतिक आवद्धताः नेकपा माओवादी केन्द्र

    आवद्धताः जिल्ला अध्यक्ष, क्रान्तिकारी महिला संघ, नवलपुर

    कर्तुत नं. १ 

    दुई वर्षअघि सेवा शूल्क ३० हजार र मासिक ७ रुपियाँका दरले अग्रिम ब्याज एक लाख ५ हजार कटाएर १३ लाख ६० हजार रुपियाँ ऋणिलाई उपलब्ध गराएको । पीडितले एक महिनामा १५ लाख फिर्ता गर्दा पुनः लगानी गरेको रकम १५ लाख किटान गरी त्यसको ब्याज र सावा असुलउपर गर्न अनेक हत्कण्डा अपनाइरहेको ।

    कर्तुत नं. २ 

    निज आचार्यले नै अर्की महिलालाई ४ हजार सेवा शूल्क र २ महिनाको ९६ हजार ब्याज कटाइ ३ लाख रुपियाँ ऋण उपलब्ध गराएको । त्यसको मिटर ब्याज घुम्दै गएपछि अहिले पीडितको उठिवास भएको । पार्टीको नगर कमिटी, जिल्ला कमिटिमा सुनुवाईका लागि उजुरी हाल्दा पनि पार्टीले सुनुवाई गर्नुको साटो उल्टै पीडकलाई नै संरक्षण गरिरहेको ।

    यी केही प्रतिनिधिमूलक घटना हुन् । यस्ता घटना जिल्लामा अनेक रहेका छन् । पीडितहरु यस्ता जालोरुपी पासोमा परेर दुःखका दिन बिताउनुपरेको पीडा सुनाएका छन् ।

    चलेका अरु केही नाम

    एमाले नेतृ एवं पुराना नेता मझिलाल थनेतकी श्रीमती लिला थनेत । कांग्रेस नेतृहरु बिन्दु केसी र सिता कुँवर । नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य सरला नेपाल । जिल्लामा कहलिएका मिटरब्याजी तथा ढुकुटी सञ्चालक रहेको पीडितहरुको भनाइ छ ।

    त्यस्तै धनबहादुर रिमाल, केही मिडियामा बजार प्रतिनिधि भएर काम गरेकी र आफूलाई पत्रकार भन्न रुचाउने तुलसी खनाललगायत पनि अनुचित लेनदेनमा सक्रिय रहेको पीडितहरुको गुनासो छ ।

    राजनीतिको छत्रछायाँमा बसेर अनुचित लेनदेन गर्नेहरु मात्र होइन, बैंकमा काम गर्ने कर्मचारीहरु पनि मिटरव्याजी भएर अनुचित लेनदेनको सुई घुमाइरहेका पाइएको छ । एनसीसी बैंकको दलदले शाखाका प्रमुख दिपक गौतम, सिद्धार्थ बैंकका कर्मचारी कुमार बास्तोला पनि अनुचित लेनदेनमा सक्रिय रहेको तथ्य फेला परेको छ ।

    पीडकले अधिकांश महिलालाई निसाना बनाइ कारोवार गर्नेगरेका छन् । माओवादी नेतृहरुले अधिकांश आफ्नै पार्टीका महिला कार्यकर्तासँग अनुचित लेनदेन गरेको पाइएको छ । माओवादीको सरकार छ । माओवादीकै गृहमन्त्री हुनुहुन्छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा ठूला घटना सार्वजनिक भए पनि जिल्लामा भने त्यही पार्टीका स्थानीय नेताद्वारा कार्यकर्ता ठगिइएका छन् ।

    त्यसो त गृहमन्त्रीकै निर्देशनमा पार्टीले जिल्लामा हालसम्म १६ कठ्ठा १५ धुर जग्गा, २ कारोड ६४ लाख रकम फिर्ता गराइसकेको जनाएको छ । न्यायिक निरुपणमा खटिएका स्थानीय नेताका अनुसार केही मुद्दा मिलाइसकेपछि पीडितहरु सम्पर्कमा आउन र मुख खोल्न थालेका छन् ।

    सरकारले उजुरी हाल्न दिएको समयमा जिल्लामा २१ वटा मात्र निवेदन परे पनि यहाँ मिटरव्याजीको बिगबिगी रहेको देखिएको छ । अधिकांश मिटरब्याजी राजनीतिको आडमा मिटरब्याजको सुई घुमाइरहेका छन् । मिटरव्याजीका कारण कतिपयको घरखेत सबै सकिइसकेको छ । केही पीडित आत्महत्या गर्ने अवस्थामा पुगेर पनि मृत्युको मुखबाट फर्केका छन् ।

    सरकारले यस्ता पीडितलाई उजुरी गर्न आह्वान गरे पनि सामाजिक प्रतिष्ठा र डर धम्कीका कारण र केही स्थानीयस्तरमै मिलेमतो होला भन्ने आशमा पनि मुख खोल्न र उजुरी हाल्न नसकेको बताउँछन् ।

    प्रशासनमा दर्ता भएका उजुरीपछि न्यायिक निरुपण प्रक्रिया ढिलो भएको र स्थानीयस्तरमै मिलेमतो गराउने प्रयास गरिएको पीडितको गुनासो छ ।

    केही अुनचित लेनदेन गरेकाले गल्ती स्विकारी रकम समेत फिर्ता गरेको पीडितले जनाएका छन् । प्रशासन भने मिटर ब्याज भनिए पनि प्रमाणको अभाव भएको र प्रमाणमा पीडक नै बलियो अवस्थामा रहेकाले समाधान गर्न कठिन भएको बताउँदै आएको छ । जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार बलियो प्रमाणको अभावमा कारवाही गर्न सकिएको छैन । यो समाचार गोरखापत्रका लागि बोमलाल गिरीले लेखेका हुन्।

  • अनुचित लेनदेन
  • मिटरव्याज
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%२%
    प्रतिक्रिया दिनुहोस
    नवलपुर बिशेष सम्बन्धि थप
  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै

  • बंगालको खाडीमा चक्रवात विकसित हुँदै, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

  • सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु , ३ बेपत्ता

  • गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने

  • समाचार
  • १

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै
    २०८३ कार्तिक १०, सोमबार

  • २

    बंगालको खाडीमा चक्रवात विकसित हुँदै, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
    २०८३ कार्तिक ९, आईतबार

  • ३

    सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु , ३ बेपत्ता
    २०८३ कार्तिक ९, आईतबार

  • ४

    गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने
    २०८३ कार्तिक ९, आईतबार

  • ५

    एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा
    २०८३ कार्तिक ८, शनिबार

  • ६

    देशका अधिकांश स्थानमा हल्का बर्षाको सम्भावना
    २०८३ कार्तिक ८, शनिबार

  • ७

    आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
    २०८३ कार्तिक ७, शुक्रबार

  • ८

    तराईमा हुस्सु, पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहने
    २०८३ कार्तिक ७, शुक्रबार

  • ९

    एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाउने
    २०८३ कार्तिक ६, बिहिबार

  • १०

    नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः
    २०८३ कार्तिक ५, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution