• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १९, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
३

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
४

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
५

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
६

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
७

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
८

घुस लिएको अभियोगमा चाबहिल नापीका अमिनविरुद्ध मुद्दा दायर

२०८३ श्रावण २२, शुक्रबार
९

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
१०

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

२०८३ श्रावण २१, बिहिबार
११

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

२०८३ श्रावण २८, बिहिबार
१२

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
Ad Logo
Advertisement

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

चितवनमा पर्व विशेष मेला–२०८० सुरू

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० आश्विन १२, शुक्रबार

  • ३७७ पटक पढिएको
  • भरतपुर। दशैं लगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रबर्द्धन गर्ने हेतुले चितवन उद्योग संघले नेपाली जुत्ता घरसँगको सहकार्यमा आयोजना  गरेको “पर्व विशेष मेला–२०८०” को समुद्घाटन भएको छ ।
    चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित “पर्व विशेष मेला २०८०” को संक्षिप्त जानकारी गराउनु भएको थियो । अध्यक्ष कँडेलले वर्तमान समयमा आर्थिक मन्दीको प्रभावको कारण उपभोगमा गिरावट आई कैयौं उद्योगीहरु उद्यमशिलताबाट नै पलायन भएको अवस्थामा स्वदेशी उत्पादनहरुको प्रबर्द्धन गरी आर्थिक गतिविधिलाई थप चलायमान बनाउँदै उपलब्ध भएसम्म स्वदेशी उत्पादनको उपभोगलाई प्रोत्साहन गर्न सहयोग पु¥याउने उद्देश्य अनुरुप आयोजना गरिएको यस मेलामा स्वदेशी जुत्ता चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोका लगायतका उपभोग्य वस्तुहरु एउटै छानामुनी उपलब्ध हुने बताउनुभयो ।
    मेला अन्तर्गत  पहिलो चरणमा नेपाली जुत्ता घरसँगको सहकार्यमा स्वदेशी जुत्ता–चप्पलको प्रदर्शनी तथा प्रबद्र्धन मेला शुरु भएको छ भने विभिन्न गार्मेन्ट उद्योगीहरुको सहकार्यमा मेलाको अन्तिम हप्ता लत्ताकपडाको स्टलहरु राखिने लक्ष्य लिइएको छ । त्यस्तै पर्व मेलाको अवधि अन्तर्गत असोज २१ गतेदेखि घरयासी प्रयोजनमा धेरै परिमाणमा खपत हुने अनिवार्य आवश्यकताका दैनिक उपभोग्य खाद्यान्न लगायतका सामग्रीहरुको समेत बिक्री वितरणको व्यवस्था गरी आम उपभोक्तालई सहजीकरण गर्नको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग समन्वय भईसकेको अध्यक्ष कँडेलले जानकारी गराउनुभयो ।
    मेलामा स्थानीय स्तरमा कृषि तथा पशुपंक्षी पालन व्यवसायमा जोडिएको उद्यमीहरुसँग आवश्यक सहकार्य गरी दशैंका लागि आवश्यक पर्ने खसी, बोका, भेडा–च्याङ्ग्रा, हाँस लगायतका मासुजन्य उत्पादनहरुको स्टलको व्यवस्था गर्ने योजना बनाइएको र संघका वस्तुगत सदस्यहरुसँगको सहकार्यमा मेला अवधिमा फर्निचर तथा फर्निसिङ्गका सामाग्रीहरु, खाद्यान्नका परिकारहरुका स्टलहरु  समेत राखिने र संघले प्रत्येक शनिबार सञ्चालन गरिरहेको स्थानीय, रैथाने उत्पादनहरुको प्रबर्द्धनका लागि पर्व मेला अवधिका शनिबारहरुको हकमा  सनिबारे मेला दिनभर सञ्लालन गरिने समेत अध्यक्ष कँडेलले बताउनुभयो ।
    कार्यक्रममा प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पर्व मेलाले स्थानीय ग्राहकहरुको मागलाई पूरा गरी ग्राहकहरुको मन जित्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले मेलामा राखिने उत्पादनको मूल्य निर्धारण, गुणस्तर लगायत आर्थिक हरहिसाबलाई पारदर्शी तरिका राखी कारोबार गर्न मेलाका प्रदर्शकहरुलाई आग्रह समेत गर्नुभयो ।
    मेलाको सह–आयोजक संस्था नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले पर्व मेलाले रोजगारी सिर्जना, राजश्वमा योगदान, आयात प्रतिस्थापन गरी राज्यको आर्थिक समृद्धिका लागि आफ्नो तर्फबाट केही गर्छु भन्दै स्वदेशीमै गरी खान्छु भनी लागेका उद्यमीहरुलाई प्रोत्साहित गर्न सहयोगी हुने बताउनुभयो । उहाँले मेलाको माध्यमबाट सम्भव भएसम्म उत्पादक तथा उपभोत्ता र सरोकारवालाहरु बीच प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादनको बजारिकरणको प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो ।
    करीब २ लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ता/ग्राहकहरुले भ्रमण गर्ने अनुमान गरिएको मेलामा करीब १० करोडको कारोबार हुने अनुमान गरिएको  छ। मेलामा जिल्लाभित्रका तथा बाह्य जिल्लाका हजारौं व्यक्तिले अवलोकन गर्ने हुँदा भरतपुर भ्रमण वर्ष २०२४ लाई आन्तरिक पर्यटक आकर्षण गर्न सहयोगी हुने आयोजकको दावी छ । प्रदर्शनी अवधिभर प्रदर्शक बिक्रेता तथा हजारौं संख्याका अवलोकनकर्ताहरु महिनौं दिनसम्म होटलमा बस्ने कारण चितवन, सौराहा, नवलपुरका पर्यटन उद्योगहरुलाई चलायमान बनाउन समेत मेला सहयोगी हुने हुँदा मेलाको माध्यमबाट आर्थिक गतिविधिहरु थप चलायमान हुन गई आर्थिक मन्दीबाट थलिएको अर्थतन्त्रलाई पुनर्उत्थान गरी उद्यमशिलताबाट पलायन हुन लागेका उद्योगी, व्यवसायीहरुलाई उद्यमशिलतामा निरन्तरता दिन प्रेरणा मिल्ने आयोजकको भनाई छ ।
    शुभारम्भ कार्यक्रममा नेपाल उद्योग परिसंघ, गभर्निङ काउन्सिलका सदस्य कृष्ण प्रसाद अधिकारी, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका निवर्तमान अध्यक्ष कृष्ण कुमार फुयाँल, चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्की, बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्क बहादुर खत्री, शसस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनका प्रहरी नायव उपरीक्षक दिपेन्द्र कुमार पाण्डे, नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारी, चितवन उद्योग संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी, तारा प्रसाद पौडेल, नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका उपाध्यक्ष रुद्र प्रसाद न्यौपाने, नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका उपाध्यक्ष सुरज बन्जाडे, चितवन उद्योग संघका उपाध्यक्षहश्र मदन घिमिरे, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका कार्यसमिति सदस्य जीवन श्रेष्ठ,  चितवन उद्योग संघका पालिका समितिका अध्यक्ष , पदाधिकारी तथा सदस्यहरु, चितवन उद्योग संघ महिला तथा युवा उद्यमी मन्चका अध्यक्ष , पदाधिकारी तथा सदस्यहरू , संघका वस्तुगत सदस्यका अध्यक्ष , पदाधिकारीहरु तथा सदस्यहरू , स्थानीय टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, उद्योगीहरु,लगायतका महानुभावहरुको सहभागिता रहेको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेला बिहान ९ः०० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गरिनेछ ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको समुद्घघाटन कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

  • पर्व विशेष मेला–२०८०
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

  • बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

  • सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

  • एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

  • समाचार
  • १

    प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
    २०८३ भाद्र १९, शुक्रबार

  • २

    बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा
    २०८३ भाद्र १९, शुक्रबार

  • ३

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • ४

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • ५

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    २०८३ भाद्र १८, बिहिबार

  • ६

    बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
    २०८३ भाद्र १८, बिहिबार

  • ७

    भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
    २०८३ भाद्र १७, बुधबार

  • ८

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र १७, बुधबार

  • ९

    बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
    २०८३ भाद्र १६, मंगलबार

  • १०

    रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन
    २०८३ भाद्र १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution