• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

नवलपुरमा दुई जनाको हत्या गरेको आरोपमा सञ्जय विक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार
३

गुणस्तरहीन करेन्ट र लाली चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ बैशाख ३१, बिहिबार
४

नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

२०८३ जेष्ठ २४, आईतबार
५

गैंडाकोट नगरपालिका बेरुजुमा जिल्लाकै शिर्ष स्थानमा

२०८३ जेष्ठ २४, आईतबार
६

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
७

डाबरको महमा न्यून खाद्य स्तर: बजारबाट तत्काल फिर्ता गरि बिक्री रोक्न बिभागको निर्देशन

२०८३ जेष्ठ ६, बुधबार
८

विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना

२०८३ जेष्ठ २०, बुधबार
९

माउन्टेन डिउको ब्याच नं. १६८ बिक्री बितरणमा बिभागले लगायो रोक

२०८३ जेष्ठ १, शुक्रबार
१०

तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, बिक्री-वितरणमा रोक !

२०८३ जेष्ठ १६, शनिबार
११

पोखराको फिर्केखोला आसपासका २३ वटा संरचना हटाइयो

२०८३ जेष्ठ १३, बुधबार
१२

भारतका प्रधानन्यायाधीशको अभिव्यक्तिपछि जन्मियो- ‘कक्रोच जनता पार्टी’

२०८३ जेष्ठ ७, बिहिबार

पाँच रुपैयाँमा पनि बिक्दैन काँक्रा र फर्सी

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० कार्तिक ३०, बिहिबार

  • ३६२ पटक पढिएको
  • चितवन। पश्चिम चितवन स्थित अमृतनगरका हेमराज आचार्यले तिहार र छठ पर्वमा उत्पादन गर्ने लक्ष्यका साथ एक बिघामा काँक्रा र फर्सी लगाएका थिए। यो समयमा राम्रो बजार मूल्य पाउने आशामा रहेका आचार्य यतीखेर तरकारी नबिकेर चिन्तित छन्।

    ‘दसैँ तिहारलाई लक्षित गरेर काँक्रा र फर्सी उत्पादन गरियो। अहिले पाँच रुपैयाँ किलोमा पनि बिक्दैन,’ बारीमा फर्सी टिपेर थुपार्दै गर्दा भेटिएका आचार्यले भने, ‘उत्पादन गरेर बारीमा नै कुहाएर फाल्नुपर्छ।’ उनले व्यवसायीक रुपमा खेती गर्न थालेको पाँच वर्ष पुग्यो। जग्गा भाडामा लिएर चार बिघामा तरकारी खेती गरेका छन्। यस वर्ष फर्सी नबिकेर लगानी पुरै खेर गएको उनी बताउँछन्।

    ‘दश कट्ठामा लगाएको फर्सीमा ६० हजार लगानी भएको थियो। यस उत्पादन पनि राम्रो छ। उत्पादन दिन सुरु भएपछि व्यापारी नै आएनन्,’ उनले देशको अवस्थाबारे बताउँदै भने, ‘फर्सीमा पनि घाटा, काँक्रामा पनि घाटा जे लगाए पनि घाटा अब विदेश जानुपर्ने अवस्था आएको छ।’ फर्सीमा प्याकेजिङ गर्दा मात्रै प्रतिकेजि दश रुपैयाँ लागत लाग्ने गरेको उनले बताए। दसैँमा काँक्राको मूल्य राम्रै थियो। त्यसपछि ओरालो लागेको काँक्रो अहिले चार रुपैयाँमा झरेको छ। यसले किसानको लगानी उठ्दैन। उनको दश कट्टाको बारीमा काँक्रा छ।

    तरकारीको बिक्रीले नै घर खर्च टार्ने किसान आम्दानी नभएपछि मर्कामा परेका छन्। भरतपुर महानगरपालिका २५ स्थित अमृतनगरका अमृत रानाभाट तीन बिघामा तरकारी खेती गर्दछन्। यतिखेर काँक्रो, फर्सी, मुला, क्यापसिकन, सिमी निस्किएको छ। बिक्री नभएपछि बारीमा तरकारी कुहिएर खेर गएको उनले बताए।

    ‘सिमी १० रुपैयाँ केजीमा पनि लैजान कठिन छ। त्यो टिप्ने बेलाका खेतालाको खर्च पनि उठ्दैन। काँक्रा र फर्सी त पाँच रुपैयाँमा पनि बिक्री हुँदैन,’ प्याकिङ गरेर व्यापारीले नलगेका फर्सी राखेका सेता बोरा देखाउँदै रानाभाटले भने ‘बारीमा उत्पादन भएको वस्तु बारीमै  कुहिन नदेऊ, पैसाको हिसाब पछि गरौँला बारीमा मात्र नराख्देऊ भनेर जिऊ जिऊ गर्दा पनि व्यापारीले लिँदैनन्।’

    फर्सी एक दिनपछि टिप्ने हुन्छ। एक पटकमा २५ क्विन्टल उत्पादन हुने उनले बताए। उनको बारीमा दुई दिन बिराएर काँक्रो टिप्दा दुई क्विन्टल उत्पादन हुन्छ। यो सबै खेर गइरहेको उनले बताए। मुला समेत बिक्री भएको छैन। बुवाको प्रेरणाले २०६५ सालबाट व्यवसायीक तरकारी खेतीमा लागेका रानाभाट खेतालाको पैसा नउठ्ने हो कि भन्ने चिन्तामा छन्।

    पश्चिम चितवन तरकारी खेतीका रुपमा प्रख्यात छ। यहाँ उत्पादन भएको तरकारीले राजधानी, पोखरा, हेटौँडा, बुटवल, नेपालगन्ज लगायतका बजार थेग्ने गर्दछ। यतिखेर किसानले सिमी, फर्सी, काँक्रा, काउली, बन्दा उत्पादन गरेका छन्। यद्यपि उनीहरुले उत्पादन गरेको तरकारी बिक्री हुन सकेको छैन। देशकै केन्द्रबिन्दुमा रहेका किसान तिहारको बेलामा पनि तरकारी बिक्री नहुँदा चिन्तित बनेका छन्। काँक्रो, फर्सी, मुला, सिमी लगायतका तरकारी बारीमै टिपेर थुपार्नु परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका तरकारी जोन सञ्चालक समितिका अध्यक्ष लेखनाथ भूषाल बताउँछन्।

    पश्चिम चितवनलाई समेटेर तरकारीको जोन क्षेत्र समेत बनाइएको छ। यहाँ एक हजार हेक्टरमा तरकारी खेती हुन्छ। अहिले एक हेक्टरमा २० टनको हाराहारीमा फर्सी र काँक्रो उत्पादन भएको छ। फर्सी दैनिक १५ टनको हाराहारीमा खेर गएको उनले बताए। पाँच टनको हाराहारीमा पाँच रुपैयाँमा फर्सी व्यापारीले उठाएको उनले बताए। पाँच रुपैयाँमा बेच्दा किसानलाई प्रतिकेजि तीन रुपैयाँभन्दा बढी घाटा लाग्ने उनी बताउँछन्। ’सय रुपैयाँ केजी पत्रिका ल्याएर फर्सी बेर्नुपर्छ। काटुन् राख्नुपर्छ। खेतालालाई दिनुपर्छ। ५० केजीको बोरा बनाउँदा मात्रै प्रतिकेजि आठ रुपैयाँ किसानको खर्च आउँछ, उनले भने ‘बिउ, मल विषादी र अन्य समयका खेतालाको त यहाँ हिसाब नै आउँदैन।’ प्रतिकेजि तीन रुपैयाँ घाटा भएपछि किसानले फर्सी बारीमै टिपेर राख्ने गरेका छन्। काँक्राको मूल्य भने बिस्तारै बढ्दै जानेमा उनी आशावादी छन्। अहिले पाँच रुपैयाँमा काँक्रो बिक्री भइरहेको छ।

    किसानले तरकारीको मूल्य नपाए पनि उपभोक्ताले भने चर्को मूल्य तिर्न बाध्य छन्। बजारमा काँक्रालाई १५ रुपैयाँ केजीमा बिक्री भइरहेको छ। सरकारले बजारीकरण नगरिदिँदा किसानको उत्पादन खेर गइ रहको उनको भनाइ छ। ‘किसानको काम उत्पादन गर्ने हो। पुँजीले पुगेसम्म उत्पादन गर्छन्,’ उनले भने ‘प्रत्येक बर्ष यस्तै अवस्था आउने हो भने किसान पलायन हुने देखेको छु।’ यो समाचार नागरिक दैनिकका लागि बसन्त ढुंगानाले लेखेका हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • छोरी जन्माउने अभिभावकलाई १२ हजार प्रोत्साहन रकम

  • सेफ सन्तोष साह धनुषाबाट पक्राउ

  • सर्वोच्चको आदेशपछि ट्रेड युनियन खारेज सम्बन्धि सरकारको निर्णय कार्यान्वयनको बाटो खुल्यो

  • सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनलाई दुई लाख जरिवाना

  • समाचार
  • १

    छोरी जन्माउने अभिभावकलाई १२ हजार प्रोत्साहन रकम
    २०८३ जेष्ठ ३०, शनिबार

  • २

    सेफ सन्तोष साह धनुषाबाट पक्राउ
    २०८३ जेष्ठ ३०, शनिबार

  • ३

    सर्वोच्चको आदेशपछि ट्रेड युनियन खारेज सम्बन्धि सरकारको निर्णय कार्यान्वयनको बाटो खुल्यो
    २०८३ जेष्ठ ३०, शनिबार

  • ४

    सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनलाई दुई लाख जरिवाना
    २०८३ जेष्ठ ३०, शनिबार

  • ५

    देशका अधिकांश स्थानमा बिहानैदेखि मध्यम बर्षा
    २०८३ जेष्ठ ३०, शनिबार

  • ६

    विश्वकपमा आज दक्षिण कोरिया र चेक गणतन्त्र भिड्दै
    २०८३ जेष्ठ २९, शुक्रबार

  • ७

    विश्वकपको उद्घाटन खेलमा मेक्सिको विजयी
    २०८३ जेष्ठ २९, शुक्रबार

  • ८

    लुम्बिनी सहितका पाँच प्रदेशमा हल्का बर्षा हुने
    २०८३ जेष्ठ २९, शुक्रबार

  • ९

    फास्ट ट्रयाकको पिकअप दुर्घटनामा इन्जिनियरसहित दुई जनाको मृत्यु
    २०८३ जेष्ठ २८, बिहिबार

  • १०

    आज विश्वकप फुटबलको भव्य उद्घाटन हुँदै, एकदर्जन कलाकारको प्रस्तुति रहने
    २०८३ जेष्ठ २८, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution