• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २९, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
३

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
४

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
५

गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ आश्विन १, बिहिबार
६

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८३ भाद्र ३१, बुधबार
७

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
८

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
९

‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

२०८३ आश्विन ३, शनिबार
१०

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
११

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार
१२

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार

सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० मंसिर १८, सोमबार

  • २६५ पटक पढिएको
  • गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो ।  सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको र यस वर्ष अघिल्लो वर्षको तुलनामा रु ५० लाख मूल्य बराबरको सुन्तला उत्पादनमा वृद्धि भएको जानकारी दिए ।

    विसं २०७० देखि यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिएको छ । यहाँको सुन्तला पकेट क्षेत्रमा ६०  कृषक छन् । यहाँ उत्पादित सुन्तला, काठमाडौँ, बुटवल, पोखरा, कावसोती, इटहरी, धादिङ, इनरुवालगायतका जिल्लामा निर्यात हुने गरेको छ ।

    कृषि ज्ञान केन्द्र स्याङ्जा, सुन्तला सुपरजोन स्याङ्जा, बाली संरक्षण कार्यालय पोखराले सिरौँसामा सुन्तलासम्बन्धी प्रशिक्षण, अनुदान, परामर्श, बीउबिजनमा सहयोग गर्दै आएको छ । ती निकायले पक्की ट्याङ्की, प्लास्टिक ट्याङ्की, प्लास्टिक पोखरी निर्माण गरिदिएका छन् । यहाँ सुन्तला आईपिएम पाठशालासमेत सञ्चालनमा छ ।

    अध्यक्ष भण्डारीका अनुसार यहाँका ९० प्रतिशत कृषकको मूख्य पेसा नै सुन्तला उत्पादन हो । “सिरौँसाका अधिकांशको रोजीरोटी सुन्तलाले नै चलेको छ”, उनले भने, “यस क्षेत्रमा सुन्तला उत्पादनको अत्यन्त राम्रो सम्भावना भएकाले युवा विदेश छोडेर सुन्तलाखेतीतर्फ लागेका छन् ।” उनले गल्याङ नगरपालिकाले सुन्तला उत्पादक कृषकलाई सहयोग नगर्दा बजारीकरणमा समस्या भएको गुुनासो गरे । यहाँ उत्पादित सुन्तला एक क्विन्टल बराबरको सुन्तला रु सात हजारसम्ममा ठेकेदारले किन्छन् भने विभिन्न व्यापारीले ग्रेडिङका आधारमा प्रतिकिलो रु ५० देखि ८० मा खरिद गर्ने गर्छन् ।

    सिँचाइ, बिरुवा, बाली उपचार, अनुदान, बजारीकरण, परामर्शलगायतका धेरै विषयमा नगरपालिकाले सहयोग गर्ने ठाउँ छ”, भण्डारीले भने, “सिँचाइको चरम अभावका कारण हुनुपर्ने जति सुन्तला उत्पादन भएको छैन, सिँचाइको सुविधा मात्र भए ५० प्रतिशतले उत्पादन बढाउन सकिन्थ्यो ।” उनले जिल्लामै सिरौँसा सुन्तला उत्पादनका लागि प्रख्यात भए पनि नगरपालिका अनुगमनसमेत गर्न नआएको गुनासो गरे ।

    “यहाँका कृषकले व्यक्तिगतरुपमा सुन्तला बिक्री गर्दै आएका छन्, बजारको एकरुपता छैन, जसका कारण धेरै किसान ठेकेदार र व्यापारीबाट ठगिँदै आएका छन्”, अध्यक्ष भण्डारीले भने, “सबै गाउँलेको घरखर्च सुन्तला बेचेरै चलेको छ, सुन्तला व्यवसायमा लाग्ने किसान निक्कै उत्साहित छन्, धेरैले सुन्तला नै बेचेर छोराछोरी पढाउने, दुईचार रुपैयाँ जम्मा गर्ने गरेका छन् ।”

    अध्यक्ष भण्डारीले व्यक्तिगत रुपमा यस वर्ष रु २५ लाखको सुन्तला उत्पादन गरेको दाबी गरे । “अघिल्लो वर्ष रु २२ लाखको सुन्तला बिक्री गरेको थिएँ”, उनले भने, “यो वर्ष मौसम अनकूलताका कारण गाउँमै सुन्तला उत्पादन बढेको छ, आशा छ राम्रो मूल्य पाउने छौँ ।” उनले स्यानीय बजार गल्याङमा सबैको सुन्तला एकैपटक पुग्दा बिक्रीमा समस्या हुने, किसानसँग सस्तोमा किनेर व्यापारीले महँगोमा बिक्री गरिदिने, उधारो लगेकाले समयमै रकम फिर्ता नगर्नेजस्ता समस्याबाट आफूहरु पीडित बनेको दुुखेसो पोखेका थिए ।

    सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका सचिव हरिप्रसाद भण्डारीले सुन्तला उत्पादन अन्य खेतीभन्दा दश गुणा आम्दानी दिने व्यवसाय भएको दाबी गर्दै किसानको आवश्यकताका आधारमा सरकारको सहयोग प्राप्त भएमा देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण सहयोग पुुग्ने बताए । उनको सुन्तला बगैँचामा छ सय सुन्तलाका बोट छन् । तीमध्ये चार सय बोटले उत्पादन दिने गरेका छन् । उनलेले अघिल्लो वर्ष सुन्तला बेचेर रु आठ लाख आम्दानी गरे भने यो वर्ष रु १२ लाखको सुन्तला बिक्री हुने अनुमान गर्नुभएको छ । उहाँले पनि यस वर्ष सुन्तला उत्पादन राम्रो भएकाले कृषक थप खुसी छाएकोे बताए ।

    यस्तै सिरौँसाकै देवीप्रसाद भण्डारीले २० वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएको छ । उनले ४० वर्षअघि परम्परागत रुपमा सुन्तला लगाएको थियो । सुन्तला बिक्री हुँदै जान थालेपछि उहाँले सुन्तला खेतीलाई व्यावसायिक रुप दिएका हुन ।

    अघिल्लो वर्ष  रु १९ लाखको सुन्तला बिक्री गरेको उनले यस वर्ष भने रु १७ लाखको मात्र सुन्तला बिक्री हुने अनुमान गरेका छन । पुराना बोट मासेर नयाँ लगाएको कारणले यो वर्ष उनको बगँैैमा सुन्तला उत्पादनमा गिरावट आएको कविराज भण्डारीले बताए । उनले काउली, बन्दा, अकवरे खुर्सानीलगायतका तरकारी बिक्री गरेर वार्षिक रु तीन लाख बिक्री गर्दै आउनुभएको दाबीसमेत गरे । देवीप्रसादको बगैँचामा तीन हजार नयाँ पुराना, फल लाग्ने नलाग्ने सुन्तलाका बोट छन् ।

    यसैगरी मिलीजुली सुन्तला पकेट सञ्चालक समितिका अध्यक्ष युवराज सापकोटाले ७० घरधुरीका किसानले रु एक करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको दाबी गरे । उनले अघिल्लो वर्ष पनि रु ९० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको दाबी गरे । सापकोटाले बर्सेनि मनहरी र सिरौँसामा ठेकेदारले किसानलाई ठग्ने गरेको गुनासो गरे । “ठेकेदारसँग ठूलो परिणममा सुन्तला लैजाने सम्झौता हुन्छ, ठेकेदारले फलानो दिनमा आउँछु भनेर सुन्तला टिप्न लगाउँछन्, हामीले सुन्तला टिप्छौँ”, उनले भने, “आधा मात्र पैसा लिएर ठेकेदार आउँछ, सुन्तला नलैजा भनौँ भने टिपिसकेको सुन्तला बिग्रने डर लैजाभन्दा ठगिने डर ।” अध्यक्ष सापकोटाले सात वर्षको अवधिमा करिब १५ ठेकेदारले सुन्तलाको आधा पैसा मात्र तिरेर बेपत्ता भएको बताए ।रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • भरतपुर विमानस्थल परिसर सुधार गर्न जिल्ला प्रशासनको निर्देशन

  • बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

  • गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

  • शंकास्पद विद्युतीय कारोबारको विवरण साइबर ब्युरोमा पठाउन राष्ट्र बैंकको निर्देशन

  • समाचार
  • १

    भरतपुर विमानस्थल परिसर सुधार गर्न जिल्ला प्रशासनको निर्देशन
    २०८३ आश्विन २९, बिहिबार

  • २

    बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो
    २०८३ आश्विन २९, बिहिबार

  • ३

    गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन २९, बिहिबार

  • ४

    शंकास्पद विद्युतीय कारोबारको विवरण साइबर ब्युरोमा पठाउन राष्ट्र बैंकको निर्देशन
    २०८३ आश्विन २८, बुधबार

  • ५

    ‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने
    २०८३ आश्विन २८, बुधबार

  • ६

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ आश्विन २८, बुधबार

  • ७

    मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने डिश होमसहित १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
    २०८३ आश्विन २७, मंगलबार

  • ८

    नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान
    २०८३ आश्विन २७, मंगलबार

  • ९

    गण्डकी सहितका तीन प्रदेशमा मध्यम बर्षा हुने
    २०८३ आश्विन २७, मंगलबार

  • १०

    सवारी दर्ता र नामसारी गर्न सवारी धनी यातायात कार्यालय जानु नपर्ने
    २०८३ आश्विन २६, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution