• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ५, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
३

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
४

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
५

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
६

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
७

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
८

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
९

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार
१०

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

२०८३ आश्विन १६, शुक्रबार
११

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए शपथ

२०८३ आश्विन ७, बुधबार
१२

प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको महासभामा सम्बोधन (पूर्णपाठ)

२०८३ आश्विन ९, शुक्रबार

राम प्रसाद ज्ञवालीको “उपसचिव सफलता कल्पवृक्ष” पुस्तक बजारमा

प्रकाश भण्डारीप्रकाशित मिति: २०८० मंसिर १९, मंगलबार

  • १५५५ पटक पढिएको
  • प्रकाश भण्डारी।  राम प्रसाद ज्ञवालीको “उपसचिव सफलताको कल्पवृक्ष” तेस्रो संस्करण पुस्तक बजारमा आएको छ।

    न्यू होराइजन पव्लिसर एण्ड डिष्टिव्युटर प्रालिले ज्ञवालीको उक्त पुस्तक बजारमा ल्याएको हो।

    नेपालको प्रशासन, व्यवस्थापन तथा लोक सेवा आयोगद्वारा लिइने विभिन्न तहका पुस्तकहरुका लेखकको रुपमा एक सुपरिचित नाम हो राम प्रसाद ज्ञवाली । विगत एक दशक अगाडि देखि निरन्तर लेखन, सम्पादन र लोक सेवा आयोगद्वारा लिइने विभिन्न पदका प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गर्दै आउनुभएको छ।

    रुरु ४ गुल्मीमा जन्मिनुभएका लेखक राम प्रसाद ज्ञवाली नेपाल सरकारका उपसचिव हुनुहुन्छ। २०७० सालमा शाखा अधिकृतको पदबाट सरकारी सेवा प्रवेश गर्नुभएका ज्ञवालीले सोही सालबाट नै नयाँ पाठ्यक्रम लागु भएसंगै शाखा अधिकृतका शासन प्रणाली र समसामयिक सन्दर्भ नामक दुई विषयका पुस्तकहरु पाठकमाझ हालसम्म पनि निकै लोकपृय बन्दै आएका छन् । कुनै बेला “राम प्रसाद ज्ञवालीका पुस्तक नपढ्दा सम्म सफल हुन सकिन्न” भन्ने गहिरो प्रभाव समेत परीक्षार्थीलाई परेको थियो।

    देशका अधिकांश कार्यालयमा कार्यरत खरिदार देखि उपसचिवसम्मका जनशक्तिमध्ये केही न केही संख्या वा ज्ञवालीले पढाएका अथवा ज्ञवालीको पुस्तक पढेका कर्मचारी अधिकांश भेटिने गरेका छन्।

    वि.सं २०७७ सालमा उपसचिव पदमा पहिलो प्रयासमै प्रशासन र राजश्व समूहमा नाम निकाल्न सफल भएपछि प्रशासन समूह रोजेका ज्ञवालीले सोही बर्ष देखि नै उपसचिव पदको नयाँ पाठ्यक्रममा आधारित दोस्रो र तेश्रो पत्रको पुस्तक बजारमा ल्याएर परीक्षाको तयारी गरिरहेका पाठकहरुलाई निकै विश्वासिलो र भरपर्दो आधार प्रदान गर्नुभएको थियो।

    यो बर्ष ज्ञवालीको शाखा अधिकृत सफलताको कल्पबृक्ष नामको शाखा अधिकृत द्वितीय र तृतीय पत्रको पुस्तकको नवौं संस्करण बजारमा ल्याइसक्नुभएको छ भने भर्खरै बजारमा उपसचिव सफलताको कल्पबृक्ष नामक उपसचिव पदको द्वितीय र तृतीय पत्रको पाठ्यक्रममा आधारित पुस्तक बजारमा आएको छ ।

    भर्खर बजारमा प्रवेश गरेको उपसचिव सफलताको कल्पबृक्ष नामको यो पुस्तक उपसचिव मात्र नभई सहसचिव तथा शाखा अधिकृत र प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा रुची राख्ने पाठक तथा परीक्षार्थीहरुको लागि निकै महत्वपूर्ण खुराक रहेको प्रस्तुत पुस्तकका प्रकाशक तथा न्यु होराइजन पब्लिसर एण्ड डिस्टिब्युटर प्रा.लि. का प्रबन्ध निर्देशक ऋषिराम पन्थले बताए ।

    प्रकाशक भन्छन् “राम प्रसाद ज्ञवाली आफैमा एक व्यक्ति वा लेखक मात्र नभई लाखौं पाठकको रोजाईमा रहेका कुसल सार्वजनिक सम्पति हुनुहुन्छ, राष्ट्रका गहना हुनुहुन्छ, ब्राण्ड हुनुहुन्छ । उहाँ जस्तो लेखकलाई हाम्रो पब्लिकेशन्समा पाउनु बेग्लै प्रतिष्ठाको विषय हो ।” पन्थले बताए।

    उनी थप्छन् भर्खर बजारमा आएको ज्ञवाली सरको यो किताबले परिक्षार्थीको उपसचिव सफलता प्राप्तिको हुटहुटीलाई साकार बनाउनेमा विश्वस्त छु । उपसचिवमा सैद्धान्तिक प्रश्न मात्र नसोधी समस्या समाधानमूलक प्रश्नहरु तथा मामला अध्ययनसंग सम्बन्धित प्रश्नहरु बढि सोधिने भएकाले यो पुस्तकबाट परीक्षार्थीलाई समस्या समाधानको सैद्धान्तिक, कानूनी तथा कार्ययोजना खाकाको स्पष्ट खाका मार्गदर्शन हुनेछ । समसामयिक विषयहरुलाई विशेष प्राथमिकताका साथ समेटी लेखकले सामाग्री तयार गर्नु भएको हुनाले सफलताको सारथी बन्न ठूलो सहयोग पुग्नेछ । पन्ध्रौं योजनाको चीरफार गरी समीक्षा तथा प्रस्तावित १६ औं योजनाका विषयबस्तुलाई समेत समावेश गरिएको छ । नवीन तथ्य र तथ्यांकहरु समावेश गरिएको छ भने हालको विश्व अर्थतन्त्रको अवस्थालाई निकै खोजमूलक ढंगले प्रस्तुत गरिएको छ । मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, व्यथितिलाई सटिक ढंगले विश्लेषण गरिएको छ । अतः यो पुस्तकबाट परीक्षार्थीलाई सफल हुनमा मद्दत पुग्नेछ ।”

    यो पुस्तकको अर्को निकै महत्वपूर्ण विशेषता भनेको उपसचिव पदको लिखित विषयहरुमा सफल भइसकेपछि लोकसेवाले लिने इन बास्केट परीक्षाका विषयवस्तुहरु समाबेश हुनु हो जुन बजारका अन्य कुनै पनि उपसचिव तहका पुस्तकमा यो विषयवस्तु समेटिएको छैन । त्यति मात्र नभई अन्तर्वार्तामा सोधिएका र सोध्न सकिने प्रश्नहरु समेत समाबेश गरिएकाले उपसचिवको लिखित विषय देखि अन्तर्वार्तामा समेत सफलता हासिल गरी सिफारिस हुने चरणसम्मका विषयवस्तु एउटै पुस्तकमा उपलब्ध हुँदा यो पुस्तक उपसचिवको एक पूर्ण प्याकेजको रुपमा रहेको प्रकाशक ऋषिराम पन्थले बताए ।

    हजारौं परीक्षार्थीलाई सरकारी सेवामा प्रवेश गराउने जस बोकेका लेखक ज्ञवालीले प्रशासन व्यवस्थापनका अलावा साहित्य तर्फ गीत, गजल, कथा, कविता लगायतका विधामा कलम चलाउदै आएका छन् । २०६३ सालमा गजल धराको कल्पबृक्ष नामक नेपाली गजलको संग्रह प्रकाशन गरेका ज्ञवालीका दर्जनौं साहित्यिक तथा प्रशासनिक लेख रचनाहरु प्रकासन गर्दै आएका छन् । “तिम्रै निम्त मखमली चोली लिई आउँला, केही बर्ष पर्ख अझै डोली लिई आउँला” भन्ने ज्ञवालीको कलमबाट सिर्जित गजललाई शिव परियारले आफ्नै संगीतमा स्वर दिएका हुन् जुन गजल स्रोतामाझ आज पनि उत्तिकै लोकपृय छ । यहीँ गजलबाट म्युजिक भिडियो डेब्यु गरेकी पुजा शर्मा वर्तमानमा नेपालकी चर्चित नायिका बन्न पुगेकी छिन् । अहिलेका निकै चर्चित गजल गायक तिलक सिंह पेलाले संगीत र श्वर भरेको “पल पल यस्तै तिमीलाई हेरिरहूँ म” भन्ने ज्ञवालीको गजलले युट्ट्युबमा निकै चर्चा कमाइरहेको छ । नेपाल सरकारका उपसचिव राम प्रसाद ज्ञवाली साहित्य र संगीत क्षेत्रमा भने रञ्जित ज्ञवालीको नामबाट सुपरिचित हुनुहुन्छ।

    लेखक राम प्रसाद ज्ञवाली हाल लुम्विनी साँस्कृतिक नगरपालिका रुपन्देहीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा विगत छ महिना देखि कार्यरत हुनुहुन्छ।

  • उपसचिव सफलताको कल्पवृक्ष
  • राम प्रसाद ज्ञवाली
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः

  • बासी खाना र फोहोर भान्सा भेटिएपछि सुनवलको सगरमाथा होटल संचालनमा रोक

  • भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह

  • कस्तो छ आज बडादशैँको टिकाको दिनको मौसम?

  • समाचार
  • १

    नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः
    २०८३ कार्तिक ५, बुधबार

  • २

    बासी खाना र फोहोर भान्सा भेटिएपछि सुनवलको सगरमाथा होटल संचालनमा रोक
    २०८३ कार्तिक ५, बुधबार

  • ३

    भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह
    २०८३ कार्तिक ५, बुधबार

  • ४

    कस्तो छ आज बडादशैँको टिकाको दिनको मौसम?
    २०८३ कार्तिक ५, बुधबार

  • ५

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ कार्तिक ४, मंगलबार

  • ६

    दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
    २०८३ कार्तिक ३, सोमबार

  • ७

    पूजा पसलबाट घ्यू भन्दै बिक्री भएकाे प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट
    २०८३ कार्तिक ३, सोमबार

  • ८

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८३ कार्तिक ३, सोमबार

  • ९

    सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
    २०८३ कार्तिक २, आईतबार

  • १०

    यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    २०८३ कार्तिक १, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution