• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
२

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
३

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
४

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
५

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
६

पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

२०८२ जेष्ठ ३१, शनिबार
७

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार
८

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
९

कावासोती नगरपालिकाले वितरण गरेको अनुदानको धानको बिउ उम्रिएन  

२०८२ जेष्ठ २८, बुधबार
१०

दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार
११

बुटवलमा आमा र दुई छोरीसहित तीन जनाको बिभत्स हत्या

२०८२ जेष्ठ १४, बुधबार
१२

चितवनमा कार र बस ठोक्किँदा कार चालकको मृत्यु

२०८२ जेष्ठ ९, शुक्रबार

थारु समुदायले टुँडीखेलमा २ दिन माघी महोत्सव मनाउने  

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० पौष २६, बिहिबार (१ साल अघि)

  • १४० पटक पढिएको
  • थारु समुदायले टुँडीखेलमा २ दिन माघी महोत्सव मनाउने२६ काठमाडौं । थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ ।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले जानकारी दिए ।

    उनले भने, ‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छौ। थारु समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौ।’

    उनका अनुसार माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्‌घाटन गर्नेछन् । यसवर्ष ‘थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक प्रेमिलाल चौधरीले बताए ।

    उनका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ, जसमा आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा (सत्यनारायण चौधरी सुमन), स्टल व्‍यवस्थापन उपसमितिको संयोजकमा (चन्द्र प्रकाश चौधरी), प्रचार प्रसार तथा सदस्य सचिव संयोजकमा (प्रदिप लेखी, किशोर चौधरी सदस्य, सहदेव चौधरी), विज्ञापन व्‍यवस्थापन उपसमितिको संयोजकमा (चन्द्रप्रसाद चौधरी), सांस्कृतिक उपसमिति संयोजकमा (नन्दुराज चौधरी, राम स्वागत चौधरी सदस्य, विनय वैद्य सदस्य), मोटरसाइकल र्‍याली व्‍यवस्थापनको संयोजकमा (अधिकार चौधरी), ब्लड डोनेशनमा (पुष्पा चौधरी), झाँकी र्‍याली व्यवस्थापनको संयोजकमा (बर्दियाली विकास मञ्‍च), निसराउ व्‍यवस्थापन समितिमा (थारू महिला समाज, थारू महिला सभा र अग्रासन महिला समूह), अतिथि सत्कार व्‍यवस्थापन उपसमितिमा (थारू महिला समाज/थारू महिला सभा र अग्रासन महिला समूह), जिता मार्ने उपसमितिमा (बर्दियाली विकास मञ्च), फोहोर व्‍यवस्थापन उपसमितिमा (जोगा चौधरी र शत्रुघनप्रसाद चौधरी) रहेका छन् ।

    २० भन्दा थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा थारु खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने उनले बताए ।

    प्रचार प्रसार गर्ने उद्देश्यका साथ र्‍याली पुस २८ गते शनिबार बिहान ७ बजे मोटरसाईकल र्‍याली तीनकुनेबाट सुरु भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेष भूषा, बाजा गाजा, संघ संस्थाको तूल ब्यानरसहित न्यूरोड, बसन्तपुरमा जम्मा भई झाँकी र्‍याली प्रदर्शनसहित रत्नपार्क, शहीदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडीखेलमा सरिक उनको भनाइ छ ।

    उनका अनुसार पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ । रक्तदान कार्यक्रमको संयोजन पुष्पा चौधरीले गर्नेछिन् भने जिता मार्ने कार्यक्रमको संयोजन बर्दियाली थारू विकास मञ्‍चले गरेको छ ।

    यस्तै महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँचसहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतहरुको धमाकेदार प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए ।

    महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन् ।

    बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारहरुको राखिने छ । महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने बताए ।

    हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री बितरणमा थारु हस्तकला तथा थारु जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्र पत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिनेछ ।

    साथै हस्तकलाका सामग्रीहरु भेषभूषाः गोन्या (गुन्यु) चोल्या (चोलो), लेहङा, भेग्वा, अंगुछा, धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालर सहित अन्यमा ढकीया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीहरु प्रदर्शनीमा समेत राखिने छ । महोत्सवमा सहभागि भएकाहरुले मन पराएका हस्तकला तथा पुस्तकहरु निश्चित दरमा खरिद गर्न सक्नेछन् ।

    महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब १५ लाख रुपैया खर्च हुने अनुमान गरिएको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

  • गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

  • यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा हुने

  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

  • समाचार
  • १

    अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
    २०८२ अषाढ २, सोमबार

  • २

    गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
    २०८२ अषाढ २, सोमबार

  • ३

    यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा हुने
    २०८२ अषाढ २, सोमबार

  • ४

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
    २०८२ अषाढ २, सोमबार

  • ५

    सामाजिक सुरक्षा भत्ता हिनामिनामा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    २०८२ अषाढ २, सोमबार

  • ६

    संघीय निजामती सेवा सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
    २०८२ अषाढ १, आईतबार

  • ७

    केदारनाथ हेलिकप्टर दुर्घटनामा चालकसहित ७ यात्रुको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • ८

    बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • ९

    पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
    २०८२ अषाढ १, आईतबार

  • १०

    गण्डकी लगायतका पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा
    २०८२ अषाढ १, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution