• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
२

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
३

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
४

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
५

पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

२०८२ जेष्ठ ३१, शनिबार
६

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
७

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार
८

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
९

कावासोती नगरपालिकाले वितरण गरेको अनुदानको धानको बिउ उम्रिएन  

२०८२ जेष्ठ २८, बुधबार
१०

दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार
११

बुटवलमा आमा र दुई छोरीसहित तीन जनाको बिभत्स हत्या

२०८२ जेष्ठ १४, बुधबार
१२

चितवनमा कार र बस ठोक्किँदा कार चालकको मृत्यु

२०८२ जेष्ठ ९, शुक्रबार

सम्पूर्ण किताबमा बालबालिकाको “म पनि पढ्छु” शृङ्खला

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० माघ ८, सोमबार (१ साल अघि)

  • ९१ पटक पढिएको
  • भरतपुर, ७ माघ । नारायणगढ बजारको लायन्सचोकबाट बालकुमारी कलेजतर्फ जाँदै गर्दा १०० मिटर अगाडि छ, सम्पूर्ण किताब ।

    यो पसल चितवनका साहित्यिक स्रस्टा तथा पुस्तक पारखीहरूको जमघटको थलो बनेको छ । साहित्यिक एवम् समसामयिक किताब पाइने यो पसलमा व्यापार मात्रै हुँदैन, किताबको विमोचन, विमर्शलगायतका गतिविधि पनि भैरहेका हुन्छन् ।

    पसलका सञ्चालक लेखराम सापकोटा आफैमा साहित्यमा रुचि भएका व्यक्ति भएको हुनाले उनले पसलमा बेलाबेलामा विभिन्न साहित्यिक गतिविधि गरिरहेका हुन्छन् । पुस्तक बिक्रीवितरण गर्न र लेखकलाई मञ्च दिन पसलमा नै विभिन्न कार्यक्रम गरिरहेको उनी बताउँछन् । सम्पूर्ण किताबमा जिल्लाका स्रस्टाहरूको नियमित उपस्थिति हुने गर्छ ।

    No description available.

    जिल्ला बाहिरका स्रस्टा पनि सम्पूर्ण किताबमा हुने गरेका गतिविधि देखेर यो बाटो भएर कतै जाँदै गर्दा समय मिलेसम्म यहाँ पसेर जाने गर्छन् । त्यसरी आउने पाहुनालाई स्वागत गर्दै यहाँका कवि, लेखक, पाठक जम्मा भएर सम्बन्धित स्रस्टाका कृतिको चर्चा गर्ने, कविता सुन्नेलगायत कार्यक्रम क्षणभरमै तय हुन्छन् ।

    यस्ता कार्यक्रम र गतिविधिको सूचना र समाचारले स्रस्टाहरूलाई हौसला मिलेको बताउने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री सम्पूर्ण किताबलाई साहित्यिक तीर्थस्थल मान्छन् । काठमाडौं बाहिरका पुस्तक पसलमध्ये सम्पूर्ण किताबले पठन संस्कार बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै साहित्यिक किताबको बजार प्रबर्द्धनमा टेवा पुर्‍याएको छ ।

    नेपालमा सम्पूर्ण किताबले जसरी अरूले पनि किताबको बजारीकरण गर्ने हो भने लेखक र प्रकाशकलाई राहत मिल्ने कतिपय लेखक र प्रकाशक बताउँछन् । `म पनि पढ्छु´ नियमितरूपमा स्रस्टाहरूको बाक्लो उपस्थिति रहने सम्पूर्ण किताबको नारा हो, म पनि पढ्छु । यही नारालाई अघि बढाउँदै सम्पूर्णले शृङ्खलाबद्ध कार्यक्रम सुरू गरेको छ ।

    गएको शनिबार सम्पूर्णमा एक हुल विद्यार्थीहरू आए । विद्यार्थीहरूमा पढ्ने संस्कार बसाउन र बोल्ने बानीको विकास गराउन सम्पूर्ण किताबले सुरु गरेको `म पनि पढ्छु´ कार्यक्रममा सहभागी हुन विद्यार्थीहरू त्यहाँ आएका थिए ।

    एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस चितवनसँगको सहकार्यमा `म पनि पढ्छु : विद्यार्थीका अनुभव र अनुभूति´ कार्यक्रम सम्पूर्ण किताबले सुरु गरेको हो । कार्यक्रमको पहिलो शृङ्खलामा चितवन र नवलपरासीका विभिन्न विद्यालयका ८ जना विद्यार्थी सहभागी थिए । विद्यार्थीले आफूले पढेका किताबको बारेमा चर्चा गर्दै उक्त किताबबाट आफूले सिकेका कुरा सुनाएका थिए ।

    कार्यक्रमको सुरुवातमा स्मल हेभन मोडल स्कुलमा कक्षा १० मा अध्ययनरत प्रसंशा पराजुलीले `मोम्चो´ कथासङ्ग्रहको समीक्षा सुनाइन् । प्रसंशाले आफ्ना बुवा वसन्त पराजुलीको कथासङ्ग्रह मोम्चोको लिखित समीक्षा पढेर सुनाएकी थिइन् । उनले मोम्चोमा सामाजिक कथाहरू भएको बताइन् ।

    दोस्रो सहभागीका रूपमा अङ्कुरम् एकेडेमीमा कक्षा ७ मा पढ्ने आशीर्वाद सापकोटाले आफ्नो पठन अनुभूति सुनाए । आशीर्वादले विश्व प्रसिद्ध कथाकार रोल्ड डालको `बिल्ली एण्ड द मिन्पिन्स´ पुस्तकको चर्चा गर्दै सोही पुस्तकबाट एउटा कथालाई आफ्नै ढंगले सुनाए । उनले उक्त कथा पढेर आमाले भनेको कुरा मान्नुपर्छ, कतै नजानेको ठाउँमा एक्लैएक्लै जान हुँदैन, त्यसो गरियो भने दु:ख पाइन्छ भन्ने सन्देश लिएको बताए ।

    त्यसैगरी गैंडाकोट इङ्लिस स्कुलमा कक्षा ६ मा पढ्ने छात्रा अभिश्री कँडेलले आफूले पुस्तक पढ्न रुचि राख्ने र थुप्रै किताब पढेको बताइन् । अतिरिक्त किताब पढ्दा आफूले धेरै कुरा सिकेको र आफ्नो व्यक्तित्व विकासमा सहयोग पुगेको बताइन् ।

    सनराइज स्कुलमा कक्षा ९ पढ्ने आरोपा श्रेष्ठले आफूले पढेको पुस्तकको परिचय दिइन् । `म्याक्स वेल नलेज´ का ४ वटा भागको परिचय राख्दै आरोपाले यो पुस्तक विद्यार्थीका लागि अत्यन्तै उपयोगी भएको बताइन् ।

    विश्वप्रकाश माविकी छात्रा वर्षा कार्कीले डाक्टर नवराज केसीको पुस्तक `शून्यको मूल्य´को चर्चा गरिन् । कक्षा १० मा पढ्ने वर्षाले शिक्षक विपिन पाठकबाट जन्मदिनमा यो पुस्तक उपहार पाएको बताउँदै यो पुस्तक प्रेरणादायी भएको उल्लेख गरिन् ।

    अङ्कुरम् एकेडेमीमा कक्षा ९ मा पढ्ने विनिसा साहले `अ पथ अफ हेभन´ उपन्यास पढेर सकेको बताइन् । उनले सोही किताबको कथालाई सुनाइन् ।

    स्टेप बाइ स्टेप स्कुलमा ११ कक्षामा पढ्ने सम्पदा चालिसेले आफूले पढेका किताब सेतो धरती, बाआमा, सखीलगायतका पुस्तकको चर्चा गरिन् । विद्यार्थी जीवनमा अतिरिक्त किताबले आफूलाई धेरै सहयोग मिलेको सम्पदाले बताइन् ।

    आदर्श पब्लिक स्कुलमा कक्षा ५ मा पढ्ने हिमेश कँडेलले तीन वर्षअघि देखि नै आफूले पाठ्यक्रमबाहिरका पुस्तक पनि पढ्ने गरेको सुनाए । उनले कथा पढ्नमा आफ्नो रूचि रहेको बताउँदै उनलाई मन पेको कथा ‘रीताको स्कुल’ कथाबारे चर्चा गरे । कार्यक्रममा सबै विद्यार्थीले निर्धक्कसँग आफ्ना कुराहरू राखेका थिए । कार्यक्रममा विद्यार्थीको प्रस्तुति सुन्न आएका उदय अधिकारी, प्रेम सिग्देल र उपेन्द्र त्रिपाठीले पढ्ने बानीले विद्यार्थीलाई धेरै कुरा सिक्न र जुनसुकै काम गर्न पनि सजिलो हुने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेपालमा पुरुषमा ७२ र महिलामा ६७ प्रतिशत यौन दुर्वलता

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

  • इजरायलमै अड्किए विराटनगरका मेयर कोइराला

  • अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

  • समाचार
  • १

    नेपालमा पुरुषमा ७२ र महिलामा ६७ प्रतिशत यौन दुर्वलता
    २०८२ अषाढ २, सोमबार

  • २

    सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?
    २०८२ अषाढ २, सोमबार

  • ३

    इजरायलमै अड्किए विराटनगरका मेयर कोइराला
    २०८२ अषाढ २, सोमबार

  • ४

    अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
    २०८२ अषाढ २, सोमबार

  • ५

    गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
    २०८२ अषाढ २, सोमबार

  • ६

    यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा हुने
    २०८२ अषाढ २, सोमबार

  • ७

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
    २०८२ अषाढ २, सोमबार

  • ८

    सामाजिक सुरक्षा भत्ता हिनामिनामा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    २०८२ अषाढ २, सोमबार

  • ९

    संघीय निजामती सेवा सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
    २०८२ अषाढ १, आईतबार

  • १०

    केदारनाथ हेलिकप्टर दुर्घटनामा चालकसहित ७ यात्रुको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution